अभिनेता सविन श्रेष्ठको ‘ताकतवर’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक



नयाँ फिल्म ‘ताकतवर’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । एक्सनमा रुचाइएका अभिनेता सविन श्रेष्ठको नयाँ फिल्म ‘ताकतवर’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको हो । एक कार्यक्रमका बीच शनिवार राजधानीमा सार्वजनिक गरिएको फिल्मको ट्रेलरमा अभिनेता सविनलाई एक्सन अवतारमा देख्न सकिन्छ । सविन र अभिनेत्री महिमा सिलवासको प्रेममा आउने उचारचढावमा फिल्म केन्द्रित रहेको ट्रेलरमा दखाएको छ ।

गजेन्द्र रञ्जितको लेखन तथा निर्देशन रहेको छ । निर्देशक रञ्जितले फिल्मका लागि उपयुक्त मिति मिलाउन वितरकसँग छलफल भैरहेको बताए । चैत दोस्रो साताभित्र दर्शकले फिल्म हेर्न पाउने उनको भनाई छ । निर्मात्री आरती शाहीले प्रेममा उत्पन्न हुने द्वन्द्वमा फिल्म निर्माण भएको बताइन् । ‘ताकतवर’ मा सविन र महिमाका अलावा स्वर्गीय रामकेशर बोगटी, ध्रुव कोइराला, शेखर सुवेदी, रिजा भुषाललगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी, सुनिल श्रेष्ठको कथा र चन्द्र पन्तको द्वन्द्व छ । रामेश्वर हुमागाईंले फिल्म खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार