बीमा चेतनाको गीत सार्बजनिक



काठमाडौं । बीमा जागरण गीत ‘ बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईंद्धारा बिमोचन गरिएको छ । बीमा चेतना अभिबृद्धि गर्न प्रकाशित गरिएको बीमा जागरण गीत ‘बीमा गरौ खुसी हुनलाई’को एक समारोहबीच  बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईंद्धारा बिमोचन गरिएको हो । बीमा समितिको प्रवद्र्धनमा मिडिया इन्टरनेसनलद्धारा प्रकाशित उक्त एल्वममा नीर्जिवन बीमा र जीवन बीमाको महत्वका बारे सरल ढंगले प्रकाश पारीएको छ ।

लोकलयमा आधारित उक्त गीतबाट ग्रामिण क्षेत्रमा बीमा पहुँच अभिबृद्धिमा सहयोगि हुने अपेक्षा गरिएको छ । गीतसंगीतको माध्यमबाट बीमा जागरण ल्याउने उदेश्यले गीत तयार गरिएको बीमा समितिका अध्यक्ष चिरंजीवि चापागाईले बताए । उनले यसबाट गाउँगाउँमा बीमा चेतना फैलाउन सहयोगि हुने बताए । घुम्टी बीमा तथा अन्य बीमासम्बन्धि कार्यक्रमहरुलाई उक्त गीतले सहज तथा सरलीकृत गर्ने उल्लेख गर्दे समितिका अध्यक्ष चापागाईले बीमा चेतना अभिबृद्धिमा सक्रिय भएर लाग्न बीमा कम्पनीका सिइओहरुलाई निर्देशन दिए । उक्त गीतको रचना ‘वित्तीय जागरण ः राष्ट्रिय अभियान’का संयोजक माधव निर्दोषले गरेका हुन् । गीतमा संगीतकार सन्तोष श्रेष्ठको संगीत तथा सन्तोष श्रेष्ठ र सुधारत्नको स्वर रहेको छ । गीतले जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार मानवजीवनमा जतिबेला पनि आउन सक्ने कुरालाई व्यक्त गर्दै बीमा गरी ढुक्कले जीवनयापन गर्नुपर्नेमा जोड दिएको छ ।

मनोरञ्जन र राजनीतिक भाषणका कार्यक्रममा मात्रै चासो राख्ने जनतालाई मनोरञ्जनात्मक तरिकाबाटै अर्थतन्त्र एवं मानव जीवनको सुरक्षा गर्ने बीमाजस्तो महत्वपूर्ण विषयका बारेमा जानकारी गराउन गीतको रचना गरिएको रचनाकार माधव निर्दोषले बताए । उनले गाउँगाउँमा यो गीत पुर्याएर बीमा जागरण ल्याउने अठोट व्यक्त गरे । बीमा पहुँच तथा बीमा कार्यक्रमहरुमा जनसहभागीता बढाउने उद्देश्यमा गीत सहयोगी हुने उनले बताए । बीमा पहुँच र चेतना विस्तारका लागि कुनै एक कम्पनी वा बीमा समिति एक्लैले गरेर सम्भव नहुने भन्दै उनले बीमासँग सम्बन्धित सबै क्षेत्रहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

यस गीत मार्फत बीमा चेतना विस्तार गर्ने अभियानमा ठूलो योगदान पुग्ने विश्वास बीमा समितिले व्यक्त गरेको छ । कार्यक्रममा बीमक संघका अध्यक्षसहित पदाधिकारीहरु, जीवन बीमा संघका पदाधिकारी तथा विभिन्न बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार