सिन्धु राणाको ‘मायाको’ सार्वजनिक



काठमाडौँ । राजधानीमा एल्बम ‘मायाको’ सार्वजनिक भएको छ । गीतकार सिन्धु राणाको १३ औं एल्बम ‘मायाको’ सार्वजनिक भएको हो । कार्यक्रममा पूर्व प्रधानसेनापति प्रज्जवल शमशेर जबरा, वर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापालगायतले एल्बम सार्वजनिक गरेको छ ।

एल्बममा ‘रमाइलो दिन थियो’, ‘मायाको’, ‘मेरी जुनीलाई’, ‘किन उर्लिन्छ’, ‘हाम्रो माया’, ‘दिन सम्झी सम्झी’, ‘म आफैं केही होइन’, ‘न्यानो घाम’, ‘जे जे भएँ’ र ‘मेरो सपना’ बोलका गीत छन् । गीत ‘मायाको’ र ‘न्यानो घाम’मा पूर्व प्रधानसेनापति प्रज्जवल शमशेर जबराको शब्द छ।

गीतमा रामकृष्ण ढकाल, विश्व नेपाली, सपनाश्री, मिलन अमात्य, आनन्द कार्की, संगीता राना प्रधान, बानिका प्रधान, रविन्द्र राई, नरेन्द्र प्यासी, मनिला सोताङ र शिव परियारको स्वर छ । गीतमा नरेन्द्र प्यासी, आशिष अविरल, हरि लम्साल, राजनराज शिवाकोटी, अमुल कार्की ढली, शक्ति बल्लभ र सचिन सिंहको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा

पुर्खाको सम्झना र प्रकृतिको आराधनामा धुमधामः उभौली साकेला

सङ्गीता राई, धरान । सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौँ । दिनैमा