सुपरहिट फिल्म ‘पर्खी बसेँ’को नयाँ सिरिज ‘पर्खी बसेँ २’ बन्ने



निर्माणको बिषयमा  निकिता पौडेल र विनोद सापकोटाबीच विहीबार सम्झौता

काठमाडौँ । सुपरहिट फिल्म ‘पर्खी बसेँ’को नयाँ सिरिज बन्ने भएको छ । गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा फिल्म ‘पर्खी बसेँ २’ निर्माण हुन लागेको हो ।
फिल्म निर्माणको बिषयमा गोपीकृष्ण मुभिजको निकिता पौडेल र हिमालयनमुभी स्टुडियोको विनोद सापकोटाबीच विहीबार सम्झौता भएको छ । फिल्ममा निकिता र विनोद निर्माता रहने छन् भने प्रदीप दाहाल र तिर्थ प्रसाद पौडेल सहनिर्माताको रुपमा रहने छन् । यस फिल्मको निर्देशन जिम्बा भने ‘लभ डायरिज’का निर्देशक सौभर चौधरीले गर्ने भएका छन् । पहिलो सिरिज झैँ दोस्रोमा पनि सांगीतिक प्रेम कथा देखाइने निर्देशक सौरभले बताए ।

फिल्मलाई अल नेपाल वितरणको जिम्मा करण श्रेष्ठ अर्थात रीच इन्टरटेनमेन्टले पाएको छ । फिल्ममा रहने कलाकार र प्राविधिक औपचारिक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गर्ने निर्माण टीमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो

स्मिता दाहालले ल्याइन् ‘लुकाउने ठाउँ छैन’

काठमाडौँ । गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

  काठमाडौँ । नयाँ वर्षलाई लक्षित गरी हलहरूमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन्