मायाको आशक्तीलाई देखाए गीत ‘दुःखको काँडा’ सार्वजनिक(भिडियो सहित)



‘म यस्तो गीत गाउँछु २’को ‘दुःखको काँडा’ सार्वजनिक भएको छ । पहिलो गीत ‘तिम्रो घरको वरिपरी’ले युटुबमा ५० लाख भ्यूज बटुलेपछि चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को निर्माणपक्षले दोश्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक गरेको हो ।

अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द रहेको गीतमा सनिष श्रेष्ठले स्वर दिएका गितमा प्रेमीले प्रेमिकाप्रति देखाएको मायाको आशक्तीलाई देखाएको छ । गीत अनुसार भिडियोलाई पनि बलियो बनाइएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् । चलचित्रका निर्माताद्धय सुदर्शन थापा र पूजा शर्माले पनि भिडियो निर्माणमा कुनै कञ्जुस्याँई गरेका छैनन् ।

फागुण २३ गतेबाट रिलिज हुने यो चलचित्रको गीतको भिडियोमा मुख्य कलाकारद्धय नायक पल शाह र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण हुने

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको

सुम्निमाको ‘तारा’ सार्वजनिक

काठमाडौँ । गायिका सुम्निमाको ‘तारा’ गीत सार्वजनिक भएको छ । के टमोटको शब्द

‘ज्वाइँ साब’ मा विल्सन विक्रम राई

काठमाडौं । नायक विल्सन विक्रम राई आफैं फिल्म निर्देशन गर्ने तयारीमा छन् ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिम्रो मेरो दिलको बास’

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्जु पन्तको स्वरमा रहेको ‘तिम्रो मेरो