मायाको आशक्तीलाई देखाए गीत ‘दुःखको काँडा’ सार्वजनिक(भिडियो सहित)



‘म यस्तो गीत गाउँछु २’को ‘दुःखको काँडा’ सार्वजनिक भएको छ । पहिलो गीत ‘तिम्रो घरको वरिपरी’ले युटुबमा ५० लाख भ्यूज बटुलेपछि चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को निर्माणपक्षले दोश्रो गीत ‘दुःखको काँडा’ सार्वजनिक गरेको हो ।

अर्जुन पोखरेलको संगीत, देवल भण्डारीको शब्द रहेको गीतमा सनिष श्रेष्ठले स्वर दिएका गितमा प्रेमीले प्रेमिकाप्रति देखाएको मायाको आशक्तीलाई देखाएको छ । गीत अनुसार भिडियोलाई पनि बलियो बनाइएको छ । रामजी लामिछानेको कोरियोग्राफी रहेको यो गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् । चलचित्रका निर्माताद्धय सुदर्शन थापा र पूजा शर्माले पनि भिडियो निर्माणमा कुनै कञ्जुस्याँई गरेका छैनन् ।

फागुण २३ गतेबाट रिलिज हुने यो चलचित्रको गीतको भिडियोमा मुख्य कलाकारद्धय नायक पल शाह र नायिका पूजा शर्मालाई फिचरिङ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुर्खाको सम्झना र प्रकृतिको आराधनामा धुमधामः उभौली साकेला

सङ्गीता राई, धरान । सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौँ । दिनैमा

‘प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा पुरस्कार घोषणा

काठमाडौँ। गायक प्रेमध्वज प्रधानको जन्मजयन्तीको अवसर पारेर ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ले

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

कमलकुमार बस्नेत, काठमाडौं । घर सम्झँदा तपाईंको मनमा के आउँछ ? न्यानोपनको आभास

रङ्गमञ्चमा रेखाको इन्ट्री

–अशेष अधिकारी काठमाडौंं । करिब एक महिनादेखि नेपाली सिने उद्योगकी पहिलो महिला सुपरस्टार