स्टार अक्षय कुमारको फिल्म बजारमा हालसम्मकै नयाँ कीर्तिमान



भारतीय फिल्म बजारमा हालसम्मकै नयाँ कीर्तिमान बनाएका छन् । बलिउड स्टार अक्षय कुमारको फिल्म बजारमा हालसम्मकै नयाँ कीर्तिमान बनाएका हुन्।

अभिनय र बक्सअफिस दुवै क्षेत्रमा सफल अक्षयको अभिनयमा सन् २०१९ मा मात्र ४ वटा फिल्म प्रदर्शनमा आएका थिए । उक्त ४ वटै फिल्म बक्स अफिसमा सफल भए । अक्षयका यी ४ वटै फिल्म सय करोड बढीको व्यापार गर्ने फिल्म थिए । जसमा चारवटै फिल्मबाट ७ सय करोड बढीको व्यापार भएको छ। यो कीर्तिमान बलिउड उद्योककै पहिलो रहेको नवभारत टाइम्समा उल्लेख गरिएको छ ।

गत वर्ष अक्षय अभिनित ‘केशरी’, ‘मिसन मङ्‍गल’, ‘हाउसफूल ४’ र ‘गुड न्युज’ प्रदर्शनमा आए । ती फिल्मले क्रमशः १ सय ५४ करोड, २ सय करोड, १ सय ९४ करोड र १ सय ७० करोड बढी कमाइ गरेका छन् । जसमध्ये १ सय ७० करोड बढी कमाइ गरेको फिल्म ‘गुड न्युज’ भने हालसम्म पनि प्रदर्शनरत छ । अक्षय कुमार यसरी एकै वर्षमा ७ सय करोड बढी व्यापार गर्ने फिल्मका स्टार बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।