मिस नेपाल निकिता चान्दकले ’साङ्लो’मार्फत् पहिलो पटक जोडीको रुपमा हेर्नुस् ट्रेलर



काठमाडौं । अभिनेता विराज फिल्म ’साङ्लो’मार्फत् पहिलो पटक निर्देशकको रुपमा नेपाली सिनेमामा देखापरेका छन् । यसपालि निर्देशकको रुपमा नयाँ अनुभवसमेत संगालेका विराजले नयाँ सिनेमा दिने प्रयास गरेको बताएका हुन् ।’साङ्लो’ मा प्रमुख पात्रको भूमिका पनि स्वयम्ले निर्वाह गरेका छन् । अभिनेता र निर्देशकको दुवै जिम्मेवारीले प्रेसर फिल गरेपनि फिल्म हेर्दा भने राम्रो भएको उनले बताए ।

यही फिल्मबाट पहिलोपल्ट अभिनयमा सन् २०१७ की मिस नेपाल निकिता चान्दकले पाइला चाल्दैछिन् । निकिता विराजको जोडीको रुपमा लिड क्यारेक्टरमा रहेकी छन्। आफूले डेब्यू गरेको पहिलो फिल्मको अनुभव नै सबैभन्दा राम्रो भएको बताएकी छन् । ’यो भन्दा राम्रो डेब्यू मेरो हुन सक्दैन थियो । विराज दाइबाट धेरै कुराहरु सिक्न पाए निकिताले भनिन् । फिल्ममा कलाकार कामेश्वर चौरासिया, जयनन्द लामा, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी र भीष्म जोशी लगायतका कलाकारको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नमेटिने घाउ’ मा ओलीले गरे अभिनय

काठमाडौं । चलचित्र ‘नमेटिने घाउ’ को छायाँकन शुरु भएको छ । मंगलबार नेकपा

फिल्म ‘एक्टर’को शुभमुहुर्त

काठमाडौं । फिल्म ‘एक्टर’को शुभमुहुर्त गरिएको छ । मंगलबार ललितपुरको भैँसेपाटीस्थित कार्यविनायक मन्दिरमा

‘रावायण’मा पल र पूजाको जोडी

काठमाडौं । सीताको जन्मभूमि जनकपुरबाट ‘रावायण’ फिल्मको सुटिङ सुरु भएको छ । अभिनेता

रचना रिमालको ‘दर्पण छायाँले’

काठमाडौं । गायक बुद्धि अधिकारीको दोस्रो नयाँ गीत ‘दर्पण छायाँले’ सार्वजनिक भएको छ