१० प्रतिस्पर्धी पछि पार्दै ‘ब्ल्याक पिंक डान्स फेस्टिवल २०१९’को उपाधि ‘सेलेस्टियल’लाई



काठमाडौं । राजधानीको ‘सिल्भर ओक ब्याङ्क्युट एण्ड इभेन्टस् सेन्टर गैरीधारामा ‘ब्ल्याक पिंक डान्स फेस्टिवल २०१९’को उपाधि ‘सेलेस्टियल’ टीमले हात पारेको छ । सामसङ नेपालले सञ्चालन गरेको ‘ब्ल्याक पिंक डान्स फेस्टिवल २०१९’को उत्कृष्ट १० प्रतिस्पर्धी समूहलाई पछि पार्दै सेलेस्टियलले ‘ब्ल्याक पिंक डान्स फेस्टिभलको उपाधि रच्न सफल भएको हो ।
प्रतियोगितामा सहभागिता जनाएका झण्डै २०० प्रतिष्पर्धीलाई उछिन्दै अन्तिम प्रतिष्पर्धाकालागिलागि छानिएका १० प्रतियोगी समूह मध्येबाट सेलेस्टियल टीम आफूलाई अब्बल सावित गर्न सफल भयो ।
कोरियन म्युजिक डान्समा सहभागिता जनाएका समूहले विभिन्न के पप सङमा आफ्नो डान्स प्रस्तुत गरेका थिए । त्यसरी आफ्नो डान्स प्रस्तुत गर्नेहरू मध्येबाट प्रतिस्पर्धाका लागि निर्धा्रित ३ जनाको जुरी समूहले विजेता घोषणा गरेको हो ।
प्रतियोगितामा ३एपीएम समूह दोस्रो हुन सफल भएको छ भने क्रिडो–इन् क्रू समूह दोस्रो हुन सफल भएको छ । विजेतामध्ये प्रथम हुने टीमले ४ सेट सामसङ ए८० फोन, द्वितीय हुनेले सामसङ ए५०एस र तृतीय हुनेले सामसङ ए३०एस फोन सेट प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा

पुर्खाको सम्झना र प्रकृतिको आराधनामा धुमधामः उभौली साकेला

सङ्गीता राई, धरान । सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौँ । दिनैमा