दुर्गा बिरही र गीता श्रीसको ‘झुपडी'(भिडियोसहित)


गायक दुर्गा बिरही र गायिका गीता श्रीस मगरको नयाँ मौलिक गीत झुपडी सार्वजनिक भएको छ । बाग्लुङ कालिकालाई मागौला नी वर गीतको बोल रहेको गीतको छायाङ्कन बाग्लुङमा नै गरिएको छ ।

गीतमा दुर्गा बिरही र गीता श्रीसको सुमधुर आवाज रहेको छ भने लय शब्द बिरही आफ्नै छ। गीतको एरेन्ज आशिष अविरलले गरेका छन् भने मास्तरिङ्ग एचविएन किस्मतले गरेका छन् ।

अडियो राग स्टुडियोबाट मास्तरिङ्ग भएको छ । आत्मविस्वास फिल्मस् प्रालिबाट निर्माण भएको गीतमा चर्चित मोडल एवं कुशल टिभी प्रस्तोता शोभा त्रिपाठी र मोडल निर्मल क्षेत्रीले गरेका छन्।

राजेश घिमिरेको छायांकन रहेको गीतमा मनोज कार्कीले सम्पादन गरेका छन् । साथमा कमेडी कलाकार दिलिप प्रतेल र सन्तोष मगरातिको कमेडी पनि रहेको छ । गीतमा बाल कलाकार अनमोल बिक र श्रद्धा क्षेत्रीले निकै राम्रो अभिनय गरेका छन् ।

उक्त गीतमा कालिला मन्दिरका अध्यक्ष राजु खड्काले पनि दुलाहाको रोलबाट आफ्नो अभिनय दिएका छन्। निकै मेहनत र संघर्षका साथमा गीतको काम सम्पन्न पारिएको निर्देशक दुर्गा विरहीले बताए ।