मिस वल्र्ड पेजेन्टमा गरेका प्रतिवद्धताहरु पूरा गर्छुः अनुष्का श्रेष्ठ
काठमाडौं । मिस नेपाल वल्र्ड २०१९ अनुष्का श्रेष्ठले हालै लण्डनमा सम्पन्न मिस वल्र्ड पेजेन्ट २०१९मा आफूले महत्वपूर्ण विषयलाई उठाएको बताएकी छन् ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मिस वल्र्ड पेजेन्टमा गरेका प्रतिवद्धताहरु पुरा गर्ने उनले बताइन् । उनले सिन्धुपाल्चोकको पिछडिएको क्षेत्रमा महिला बालिकाको शिक्षाको अवस्थामा दिगो सुधार गर्ने काम गर्ने लक्ष्य लिएको जानकारी दिइन् । त्यसका लागि आमाहरुको आर्थिक सुधारमा केन्द्रित भई बालिकाहरुको शिक्षामा जोड दिने समेत उनले बताइन् ।
मिस वल्र्ड २०१९ मा सबैभन्दा प्रतिष्ठित २ वटा शीर्षक ‘ब्युटी विथ अ प्रपोस’ र ‘मल्टिमिडिया अवार्ड’ प्राप्त गर्न सकेको भन्दै अफूले नेपाललाई विश्वसामु चिनाउन प्रयास गरेको बताइन् । यसबाहेक श्रेष्ठ ‘हेड टु हेड च्यालेन्ज राउण्ड’ र १ सय भन्दा बढी मुलुकका प्रतिष्प्रधिहरुमा शीर्ष १२ स्थानमा पर्न सफल भएकी थिइन् ।