‘४७औं मिसेस युनिभर्स २०१९’ मा बिनु लामिछाने



काठमाडौं । बिनु लामिछानेले ‘४७औं मिसेस युनिभर्स २०१९’ मा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने भएकी छन् । डिसेम्बर २२ देखि ३० सम्म चीनको गन्जाओमा आयोजना हुने ‘४७औं मिसेस युनिभर्स २०१९’ मा बिनु लामिछानेले नेपालको प्रतिनिधित्व गर्दै भाग लिने भएकी हुन् ।

बेलायत बस्दै आएकी बिनुले मिसेस नेपाल यूके २०१८ को विजेता बनेपछि मिसेस युनिभर्समा सहभागी हुने मौका पाएकी हुन् । मिसेस नेपाल युनिभर्स २०१८ की विजेता एवम् लन्डन फेसन हाउसकी अध्यक्ष मनीषा डंगोल श्रेष्ठले मिसेस नेपाल यूकेको आयोजना गर्दै आएकी छन् । नेपाल र विदेशमा रहेका सम्पूर्ण नेपालीको तर्फबाट यस पटक बिनुले चीनमा सबैको प्रतिनिधित्व गर्ने मिसेस युनिभर्सकी नेसनल निर्देशक मनीषाले बताइन्।

बिनुले यस पटक मिसेस युनिभर्स २०१९ मा ९० देशका प्रतियोगी महिलाबीच नेपाल, नेपाली र आफ्नो देशको भाषा, कला संस्कृतिलाई चिनाउने बताएकी छन् । मिसेस युनिभर्सको चयन आगामी ३० डिसेम्बरमा गन्जाओमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मोहर’ले सामाजिक हिंसाका घटनालाई निरुत्साहित गर्न सहयोग गर्ने निर्देशक ओम प्रतीकको दाबी

काठमाडौं । आगामी साउन २३ मा प्रदर्शन हुने चलचित्र ‘मोहर’ ले देवीदेवताको सेवाका

‘चाहिदैन मोहर पर्दैन सुकी’ मा रोमान्टिक मुडमा पल र नीति

काठमाडौं । चलचित्र ‘मोहर’को शीर्ष गीत ‘चाहिदैन मोहर पर्दैन सुकी’ सार्वजनिक भएको छ

‘झोले त तैं, झोले त मैं’ लिएर आए पशुपति शर्मा

काठमाडौं । गायक पशुपति शर्माले व्यंगात्मक गीत ‘झोले त तैं, झोले त मैं’

वरिष्ठ गायक दीप श्रेष्ठलाई सङ्गीततर्फ ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने

काठमाडौँ । पाँच दशक भन्दा अघिदेखि गीतसङ्गीतको क्षेत्रमा सक्रिय रहेका वरिष्ठ गायक दीप