काठमाडौं । बिनु लामिछानेले ‘४७औं मिसेस युनिभर्स २०१९’ मा नेपालको प्रतिनिधित्व गर्दै भाग लिने भएकी छन् । डिसेम्बर २२ देखि ३० सम्म चीनको गन्जाओमा आयोजना हुने ‘४७औं मिसेस युनिभर्स २०१९’ मा बिनु लामिछानेले नेपालको प्रतिनिधित्व गर्दै भाग लिने भएकी हुन् ।
बेलायत बस्दै आएकी बिनुले मिसेस नेपाल यूके २०१८ को विजेता बनेपछि मिसेस युनिभर्समा सहभागी हुने मौका पाएकी हुन् । मिसेस नेपाल युनिभर्स २०१८ की विजेता एवम् लन्डन फेसन हाउसकी अध्यक्ष मनीषा डंगोल श्रेष्ठले मिसेस नेपाल यूकेको आयोजना गर्दै आएकी छन् । नेपाल र विदेशमा रहेका सम्पूर्ण नेपालीको तर्फबाट यस पटक बिनुले चीनमा सबैको प्रतिनिधित्व गर्ने मिसेस युनिभर्सकी नेसनल निर्देशक मनीषाले बताइन्।
बिनुले यस पटक मिसेस युनिभर्स २०१९ मा ९० देशका प्रतियोगी महिलाबीच नेपाल, नेपाली र आफ्नो देशको भाषा, कला संस्कृतिलाई चिनाउने बताएकी छन् । मिसेस युनिभर्सको चयन आगामी ३० डिसेम्बरमा गन्जाओमा हुनेछ ।

प्रतिक्रिया