हलिउड फिल्मका कारण दुई बलिउड फिल्मको कमाईमा ठुलै धक्का हान्ने
काठमाडौँ । बलिउडका चर्चित अभिनेताहरु सलमान खानको राधे,अक्षय कुमारको लक्ष्मी बम्ब र हलिउड फिल्म फास्ट एण्ड फ्युरियस ९ फिल्म एकसाथ रिलिज हुने भएका छन् । बलिउड चर्चिच दुई अभिनेताको फिल्म सन् २०२० को इदको अबसर पारेर उनीहरुले एकदिनै फिल्म रिलिज गर्ने तयारी गरेका छन् ।
मिडिया रिपोर्टका अनुसार सलमान खानको फिल्म राधे र अक्षय कुमारको लक्ष्मी बम फिल्म एकसाथ रिलिज हुने भएकाले यसले दुवैको बक्स अफिस कलेक्सनमा नराम्रो असर पार्ने आकलन गरिएको छ । तर, संजोगबस उक्त दिन हलिउड फिल्म फास्ट एण्ड फ्युरियस ९ पनि रिलिज हुने भएको छ । यसले दुई बलिउड फिल्मको कमाईमा ठुलै धक्का हान्ने अनुमान गरिएको छ । उक्त दिन फिल्म रिलिज गर्ने कि नगर्ने फिल्म निर्माण टोलीहरु दोधारमा रहेको देखिएको छ ।