इटहरीमा एनसेल मेलामा दर्शकलाई भरपूर मनोरञ्जन



इटहरी । एनसेलले इटहरीस्थित जनता माध्यमिक विद्यालयको फुटबल मैदानमा एनसेल मेला २०७६’ सम्पन्न गरेको छ । शनिबार आफ्नो ब्राण्ड प्रवर्द्धनसहित नेपाल भ्रमण वर्ष २०२० को प्रचारलाई सघाउन एनसेलले उक्त मेला गरेको हो ।
मेलाको कार्यक्रममा दर्शकले भरपूर मनोरञ्जन लिएका थिए । बालबालिकाले विविध खेल र गतिविधिबाट मनोरञ्जन लिएका थिए । मेलाको अवसर पारेर एनसेलले हाल संचालनमा रहेको आफ्नो ’एनसेल सुपर सेलर’ योजनाअन्तर्गत मोरङका दुई पोइन्ट अफ सेल्स (पीओएस) र खुद्रा बिक्रेतालाई पुरस्कारस्वरूप बाइक पनि हस्तान्तरण गरेको छ ।

मेलामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सो क्षेत्रका पर्यटन गन्तव्य र आकर्षणका बारेमा जानकारी गराइएको थियो । चर्चित गायकहरू दीपक बज्राचार्य र रिदम ब्याण्ड, आशिष राना (लाउरे), कालीप्रसाद बास्कोटा, मेलिना राई, टीका प्रसाइँ र सिने कलाकार प्रियंका कार्कीले आफ्नो दमदार प्रस्तुति दिएका थिए । मेलामा कलाकार रेमनदास श्रेष्ठ र साहना बज्राचार्यको उद्घोषणले दर्शकलाई थप उर्जा थपेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार