दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन:‘सहायक श्रीमान’



काठमाडौं, । बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’को सफलतापछि निर्देशक गणेश पाण्डेले ‘सहायक श्रीमान’ (को–हजबेन्ड) नामक नयाँ डकुमेन्ट्री फिल्म निर्माण गरेका छन् ।
बहुपति प्रथामा आधारित ३५ मिनेटको यो डकुमेन्ट्री फिल्म राष्ट्रिय सभागृहमा आयोजित काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा शुक्रबार दिउँसो १ बजे रिलिज हुँदैछ । कर्णाली प्रदेशको हुम्लामा छायाँकन गरिएको यो डकुमेन्ट्री बहुपति प्रथामा आधारित छ । घरमा जति दाजुभाई छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतारेका हुन् ।

‘हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाईका लागि एउटै श्रीमती बिहे गर्ने चलन छ । उनीहरु माया र काम मात्रै बाँडदैनन्, श्रीमती पनि एक आपसमा बाँड्छन् । जुन हाम्रो पुस्ताका लागि अत्यन्तै अनौठो हो । एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीन वटा परिवारको कथामा हामीले यो डकुमेन्ट्री निर्माण गरेका छौं,’ निर्देशक पाण्डेले भने, ‘करिब ४ बर्षको छायांकन र रिसर्चबाट यो डकुमेन्ट्री निर्माण भएको छ । हाम्रो पुस्ताका लागि यो डकुमेन्ट्री नयाँ विषय हो । त्यसैले पनि हाम्रो मेहनतलाई दर्शकहरुले मन पराइदिनुहुन्छ भन्ने आशा लिएको छु ।’ यो वृत्तचित्रको लेखन निर्देशन पाण्डेले नै गरेका हुन् ।

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गरेको डकुमेन्ट्रीको प्रमुख सहायक निर्देशक एवं दृश्य सम्पादक ईश्वर कोइराला र सहायक निर्देशक नृपराज हमाल छन् । यसैगरी, ईश्वर कोइराला, चन्द्रमान डंगोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले यो डकुमेन्ट्रीलाई क्यामरामा कैद गरेका हुन् । संगीत संयोजन संगीतकार जुगल डंगोलले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
२०८१ मा ६२ नेपाली चलचित्र प्रदर्शन, दर्शकको उल्लेखनीय साथ

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष–२०८१, समग्रमा सुखद रह्यो । यो वर्ष

एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न

‘जार’ प्रदर्शनको मिति तय

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष