“म जस्तो छाला र कपाल भएकी महिलालाई २०१९ को ब्रह्माण्ड सुन्दरीको ताज”



एटलान्टामा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी छिन् । विश्व सुन्दरी प्रतियोगिताको फिनालेमा ब्रह्माण्ड सुन्दरी (मिस युनिभर्स)को ताज दक्षिण अफ्रिकी युवतीले जितेकी हुन् । महिला सशक्तीकरणलाई मुख्य विषयवस्तु बनाएर दिइएको प्रस्तुतिका आधारमा २६ वर्षीया जोजिबीनी तुन्जीले मिस युनिभर्सको ताज जितेकी छिन् । पुएर्टो रिको र मेक्सिकोका सुन्दरी पनि फाइनलमा पुगेका थिए ।
तुन्जीले आफ्नो समापन भाषणमा युवा युवतीलाई आत्मविश्वास महसुस गर्न सशक्त बनाउने कुरा गरेकी थिइन् । “म यस्तो संसारमा हुर्कें जहाँ मेरो जस्तो छाला र मेरो कपालको बनावट भएकी एउटी महिलालाई कहिल्यै सुन्दर मानिँदैन । मलाई लाग्छ, अब यस्तो समय रोकिएको छ ।” एटलान्टाको टायलर पेरी स्टुडियोमा आयोजित यस भव्य प्रतियोगितामा तुन्जीले मिस युनिभर्सको लागि भेला भएका ९० भन्दा बढी प्रतियोगीलाई हराएकी थिइन् । फिलिपिन्सकी क्याट्रिओना ग्रेले तुन्जीलाई युनिभर्सको ताज लगाइ दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शनमा

काठमाडौँ । केही समययता एकै अभिनेताको दुई चलचित्र एकसाथ प्रदर्शन हुने क्रम बढ्न

‘जार’ प्रदर्शनको मिति तय

काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘जार’ को

जसले गरे वर्ष २०८१ मा १० करोड भन्दाबढीको व्यापार

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८१ समग्रमा सुखद् रह्यो। यस वर्ष

सकियो चलचित्र ‘कुस्ती’ को छायाङ्कन

काठमाडौँ । छायाङ्कन सुरु भएको ३९ औँ दिनमा चलचित्र ‘कुस्ती’ को छायाङ्कन सकिएको