चलचित्र ‘साङ्लो’को प्रदर्शन मिति हेरफेर
चलचित्र ‘साङ्लो’को प्रदर्शन मिति हेरफेर भएको छ । फागुण ९ गते रिलिज हुने भनिएको नायक विराज भट्ट निर्दे्शित चलचित्र ‘साङ्लो’को प्रदर्शन मिति हेरफेर भएको हो । यो चलचित्र माघको २४ गतेबाट रिलिज हुने भएको छ । चलचित्रको प्रदर्शन मिति सार्वजनिक गर्दै निर्माणपक्षले केही दिनमै गीत रिलिज गर्ने तयारी गरेको छ ।
भट्टको निर्देशनमा तयार भएको यो चलचित्रमा विराज र नायिका निकिता चण्डकको मुख्य भूमिका छ । विराजले सामाजिक कथामा एक्सनले भरिपूर्ण चलचित्रको रुपमा ‘साङ्लो’लाई ब्याख्या गरेका छन् ।