फिल्मको ट्रेलर हेरेर दर्शकको मिश्रित प्रतिक्रिया



काठमाडौं – सौगात मल्ल स्टारर फिल्म ‘माछा माछा’ को ट्रेलर रिलिज भएको छ । यो फिल्मको ट्रेलर युट्युवमा ३ लाख ४ हजारले हेरेका छन् । आर्टसको प्रस्तुतिमा बनेको फिल्मको ट्रेलर हेरेर दर्शकले मिश्रित प्रतिक्रिया दिएका छन् ।

कतिले फिल्मको ट्रेलर मन परेको बताएका छन् भने कतिले निर्मातालाई पैसा धेरै भएर यस्तो फिल्म बनाएको भन्दै हासोठटा गरिरहेका छन् । यो फिल्म मंसिर २० गतेबाट प्रदर्शनमा हुनेछन् । यो फिल्म सुनील गुरुङको लेखन तथा निर्देशन रहेको छ । चलचित्रको पात्रहरुमा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, भोलाराज सापकोटा लगायतका कलाकारको अभिनय छ ।

रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेको यो फिल्मलाई निर्माण टिमले मंसिर २० मा आउने भनेर प्रचार गरिरहेको छ । तर, युट्युबमा भने फिल्म कार्तिक २९ गतेदेखि प्रदर्शन हुने भनेर मिति राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै

काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएक छन् ।

बबरमहलमा पाँच महिला कलाकारको संयुक्त कला प्रदर्शनी

काठमाडौँ । बबरमहलस्थित नेपाल कला परिषदमा पाँच महिला कलाकारले संयुक्त कला प्रदर्शनी सुरु

‘नाच पुतली’मा आश्मा र चाहनाको नृत्य

काठमाडौं । नेपाली फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ । गीत

रामकृष्ण ढकालको नयाँ वर्षको पूर्वसन्ध्यामा साङ्गीतिक प्रस्तुति दिने

काठमाडौँ । गायक रामकृष्ण ढकालले नयाँ वर्षलाई लक्षित गर्दै साङ्गीतिक प्रस्तुति दिने भएका