६४ डिजाईनरलाई उछिन्दै महेश्वरीनाथ बनिन् उत्कृष्ट फेशन डिजाईनर



काठमाडौं । काठमाडौंको बागबजार र ललितपुरको कुमारी पार्टीमा रहेको ‘इन्टरनेशल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजी’का ६४ जना प्रशिक्षार्थी डिजाईनरहरु आफैंले तयार गरेको फेशनमा सजिएर मोडलको रुपमा शनिबार बेलुका फेसन डिजाईन प्रतियोगितामा उत्रिए ।

इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)ले आयोजना गरेको दोश्रो संस्करणको ‘ड्रेस टु इम्प्रेसन–२’ फेसन डिजाईन प्रतियोगितामा उनीहरु र्याम्पमा उत्रिएका हुन् ।

सो प्रतियोगितामा आफ्नो डिजाईनबाट महेश्वरीनाथ योगी प्रथम भईन । १२ फिट भन्दा लामो फ्लावर प्रिन्ट ह्वाईट गाउनको डिजाईनबाट उनी उत्कृष्ट भएकी हुन् । उनले ट्रफीसँगै १५ हजार रुपैयाँ र विभिन्न उपहार प्राप्त गरिन् ।

यस्तै श्रेया पुन मगर फस्ट रनरअप डिजाईनर भईन् । उनले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन । डार्क एन्ड लाईट थिमको कालो डिजाईनको गाउनबाट उनी फस्ट रनरअप भएकी हुन् ।

सो प्रतियोगिताको निर्णायकमा अभिनेता प्रशान्त ताम्राकार, गायिका मिलन नेवार, गायिका÷नायिका बिष्णु चेम्जोङ, बुटिक एशोसियसनका संस्थापक अध्यक्ष उज्ज्वलकृष्ण श्रेष्ठ, फेशन डिजाईनरहरु निभा श्रेष्ठ, महेश महर्जन र इन्टरनेशल इन्टिच्युट अफ फेसन एन्ड टेक्नोलोजीका एकेडेमी निर्देशक राजु सुवाल थिए ।

यस्तै इन्दे्रणीको अबधारणमा तयार गरिएको सप्तरँगी गाउनबाट उर्मिला तामाङ सेकेन्ड रनरअप भईन । उनले ८ हजार रुपैयाँ र ट्रफी प्राप्त गरिन् । डिजाईन प्रस्तुतिका क्रममा आफुले तयार गरेको डिजाईनमा सजिएर डिजाईनहरु मञ्चमा उत्रिँदा कार्यक्रमको रौनकता बढेको थियो ।

जम्मा ६ महिनाको प्रशिक्षणमा उनीहरुले निकै आकर्षक डिजाईन तयार पारेर र्याम्पमा प्रस्तुत गरेका थिए । डिजाईनरसँगै उनीहरु मोडल भन्दा काम देखिएनन् ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक फुपु तेन्जिङ शेर्पाका अनुसार इन्टरनेशनल इन्टिच्युट अफ फेसन टेक्नोलोजीका विधार्थीहरुको डिजाईन प्रोत्साहनका लागि ‘ड्रेस टु इम्प्रेसन’ गत वर्षबाट आयोजना गरिँदै आएको हो । यो फेशन शोको कोरियोग्राफी बिपना थापाले गरेकी हुन् । कार्यक्रममा फेशन शोसँगै विभिन्न गीतसंगीत एवम् नृत्य प्रस्तुत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय अभिनेत्री नोरा फतेही नेपाल आउँदै

काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेही नेपाल आउने भएक छन् ।

बबरमहलमा पाँच महिला कलाकारको संयुक्त कला प्रदर्शनी

काठमाडौँ । बबरमहलस्थित नेपाल कला परिषदमा पाँच महिला कलाकारले संयुक्त कला प्रदर्शनी सुरु

‘नाच पुतली’मा आश्मा र चाहनाको नृत्य

काठमाडौं । नेपाली फिल्म ‘झिल्को’को गीत ‘नाच पुतली’ सार्वजनिक भएको छ । गीत

रामकृष्ण ढकालको नयाँ वर्षको पूर्वसन्ध्यामा साङ्गीतिक प्रस्तुति दिने

काठमाडौँ । गायक रामकृष्ण ढकालले नयाँ वर्षलाई लक्षित गर्दै साङ्गीतिक प्रस्तुति दिने भएका