दुर्गा बिरहीले ल्याए परदेशीको पीडालाई समेटिएको गीत (भिडियो सहित )



विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर लोक दोहोरी गीतसंगीतको बजारमा नयाँ नयाँ गीतहरू आउनेक्रम बढेको छ।

समसामयीक विषय वस्तुलाई दशैंसँग जोडेर लोक भाकाका गीतहरू बजारमा ल्याउने क्रममा गाएक दुर्गा बिरहीले पनि ”भन्छौ सानु के छ खबर” बोलको दशैं गीत बजारमा ल्याएका छन्।

बिरहीको उत्कृष्ट लय तथा शब्द सृजनामा रहेको गीतमा बिरही आफ्नै र दानमाया पुनको स्वर रहेको छ । आत्म बिस्वास फिल्मस् मार्फत बजारमा आएको गीतले रोजगारीका लागि विदेशमा गएर पनि चार्डपर्वहरुमा स्वदेश आउन नसकेका बहुसंख्यक नेपालीहरुको प्रतिनिधीत्व गरेको छ ।

बाशु बरालको छायांकन र प्रदिप दाहालको निर्देशन रहेको गीतमा दुर्गा बिरही र रिना शाहीको अभिनय रहेको छ ।स्वदेशको माया र प्रेम झल्किएको यस गितको म्युजिक भिडियोको बिरही आफैले निर्देशन गरेका छन् ।

बिरहीले यसभन्दा अघिपनि समसायीक विषय वस्तुका थुप्रै गीत बजारमा ल्याएका छन्। प्रदेशीका दुःख र माया प्रेममा आधारीत गीत धेरै लेखेका बिरहीका केही गीतहरूले निकै चर्चा पाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘अञ्जिला’ आगामी माघ ११ मा रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट

रंगमञ्चमा उदाएर फेरि रङ्गमञ्चमा फर्किन नसकेका रङ्गकर्मी

काठमाडौं । आज ६३औँ विश्व रङ्गमञ्च दिवस हो । रङ्गकर्मीले विभिन्न कार्यक्रम गरेर

आरजुलाई मिस ई–कलेजको ताज

सिजन मिडिया प्रालिले मङ्गलबार काठमाडौँमा आयोजना गरेको मिस ई–कलेज २०२४ का ताज आरजु

पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिल्म ‘सलीना’ को ट्रेलर सार्वजनिक गरिएको छ ।