दुर्गा बिरहीले ल्याए परदेशीको पीडालाई समेटिएको गीत (भिडियो सहित )



विजया दशमी तथा शुभ दिपावलीको अवसर पारेर लोक दोहोरी गीतसंगीतको बजारमा नयाँ नयाँ गीतहरू आउनेक्रम बढेको छ।

समसामयीक विषय वस्तुलाई दशैंसँग जोडेर लोक भाकाका गीतहरू बजारमा ल्याउने क्रममा गाएक दुर्गा बिरहीले पनि ”भन्छौ सानु के छ खबर” बोलको दशैं गीत बजारमा ल्याएका छन्।

बिरहीको उत्कृष्ट लय तथा शब्द सृजनामा रहेको गीतमा बिरही आफ्नै र दानमाया पुनको स्वर रहेको छ । आत्म बिस्वास फिल्मस् मार्फत बजारमा आएको गीतले रोजगारीका लागि विदेशमा गएर पनि चार्डपर्वहरुमा स्वदेश आउन नसकेका बहुसंख्यक नेपालीहरुको प्रतिनिधीत्व गरेको छ ।

बाशु बरालको छायांकन र प्रदिप दाहालको निर्देशन रहेको गीतमा दुर्गा बिरही र रिना शाहीको अभिनय रहेको छ ।स्वदेशको माया र प्रेम झल्किएको यस गितको म्युजिक भिडियोको बिरही आफैले निर्देशन गरेका छन् ।

बिरहीले यसभन्दा अघिपनि समसायीक विषय वस्तुका थुप्रै गीत बजारमा ल्याएका छन्। प्रदेशीका दुःख र माया प्रेममा आधारीत गीत धेरै लेखेका बिरहीका केही गीतहरूले निकै चर्चा पाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चार घण्टा कुरेको, फकाउनै जानिनँ’(भिडियोसहित)

काठमाडौं । प्रविण झाद्वारा निर्देशित चलचित्र ‘डिसेम्बर फल्स’को पहिलो गीत सार्वजनिक भएको छ

‘महापुरूष’ले गर्‍यो १० करोडको व्यापार

काठमाडौं ।  कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै

यस्तो छ ‘डेसान’ को ट्रेलर

काठमाडौं । सामाजिक बिषयमा निर्माण गरिएको फिल्म ‘डेसान’ को ट्रेलर सार्वजनिक गरिएको छ

यस्तो छ ‘तिम्रो मेरो साथ’को टिजर

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको