निशानको स्वरमा बर्षा ‘बरिलै’ (भिडियोसहित)



काठमाडाैं । नेपाली गीत संगीत क्षेत्रमा उत्कृस्ट गीत संगीत र प्रतिभाशाली कलाकारको  आगमनले  संगीत क्षेत्र दिनानुदिन राम्रो बन्दै गैरहेको छ ।
भर्खरै मात्र  अर्ग्यानिक टेस्टको डान्सिंङ प्याट्रनको ” बरिलै ” बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतमा गायिका नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायन रहेको छ ।
 दिपक शर्माले गीतको लय संकलन गरेका हुन भने शर्माले नै यस गीतको शब्द लेखेका हुन । उदय राज पौडेलले गीतको संगीत संयोजन गरेका हुन ।

भिडियोमा वर्षा राउत र अलिशा राईको मुख्य अभिनय रहेको छ । टिकटक बाट भाइरल भएका अमर र अमृत दाहाललाई समेत भिडियोमा देख्न सकिन्छ ।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।

हाल अमेरिकामा रहेकी गायिका नविता पौड्याल निरन्तर गीत संगीतमा क्रियाशील छिन। यसघि उनले स्लो रोमान्टिक पप , आधुनिक र नन कमर्शीएल गीत सोर्ता माझ प्रस्तुत गरिसकेकी छिन। ” बरिलै ”  बोलको यस गीतबाट आफु निकै आशावादी  रहेको र सोर्ता दर्शक बाट राम्रो प्रतिक्रियाको अपेक्षा रहेको गायिका पौड्यालले बताएकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शिवराजको ‘मुना'(भिडियोसहित)

गायक शिवराज जङ्गमको मर्मस्पर्शी गीत ‘मुना’ सार्वजनिक भएको छ । घरायसी तथा व्यावहारिक

स्मिता दाहालको ‘मालिंगो'(भिडियोसहित)

गायिका स्मीता दाहालको नयाँ ‘श्रव्य दृश्य’ सङ्ग्रह सार्वजनिक भएको छ । आफैँले गाएको

राजा राजेन्द्र पोखरेलको ‘पिरतीको चस्मा’(भिडियोसहित)

चर्चित हाँस्यव्यंग्य कलाकार राजा राजेन्द्र पोखरेलको स्वरमा रहेको गीत ‘पिरतीको चस्मा’ सार्वजनिक भएको

नेपाल लाइफले ल्यायो देउसी गीत

‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल, सगरमाथाझैं उच्च छौँ हामी, मन छ