निशानको स्वरमा बर्षा ‘बरिलै’ (भिडियोसहित)



काठमाडाैं । नेपाली गीत संगीत क्षेत्रमा उत्कृस्ट गीत संगीत र प्रतिभाशाली कलाकारको  आगमनले  संगीत क्षेत्र दिनानुदिन राम्रो बन्दै गैरहेको छ ।
भर्खरै मात्र  अर्ग्यानिक टेस्टको डान्सिंङ प्याट्रनको ” बरिलै ” बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । यस गीतमा गायिका नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायन रहेको छ ।
 दिपक शर्माले गीतको लय संकलन गरेका हुन भने शर्माले नै यस गीतको शब्द लेखेका हुन । उदय राज पौडेलले गीतको संगीत संयोजन गरेका हुन ।

भिडियोमा वर्षा राउत र अलिशा राईको मुख्य अभिनय रहेको छ । टिकटक बाट भाइरल भएका अमर र अमृत दाहाललाई समेत भिडियोमा देख्न सकिन्छ ।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । बिकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन । सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।

हाल अमेरिकामा रहेकी गायिका नविता पौड्याल निरन्तर गीत संगीतमा क्रियाशील छिन। यसघि उनले स्लो रोमान्टिक पप , आधुनिक र नन कमर्शीएल गीत सोर्ता माझ प्रस्तुत गरिसकेकी छिन। ” बरिलै ”  बोलको यस गीतबाट आफु निकै आशावादी  रहेको र सोर्ता दर्शक बाट राम्रो प्रतिक्रियाको अपेक्षा रहेको गायिका पौड्यालले बताएकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कलाकारको उमेर होइन, अभिनय हेरिन्छः अभिनेता हमाल

काठमाडौँ। अभिनेता राजेश हमालले कलाकारलाई उमेरले असर नगर्ने भएकाले उसले निर्वाह गर्ने पात्र

फिल्म ‘कर्मा’को गीतमा दुर्गेशको स्वर

काठमाडौं । गायक दुर्गेश थापाले फिल्म ‘कर्मा’का लागि गीत गाएका छन् । सौरभ

‘नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औँ ग्रेजुएसन फेसन शो’

अनुकल्पित प्रभानम् शीर्षकमा ‘नमूना कलेज अफ फेसन टेक्नोलजीको १९औँ ग्रेजुएसन फेसन शो’मा मोडलिङ

‘वसन्त’ मा मेरो देखाइ, भोगाई र अनुभवलाई समेटेको छु’

काठमाडौं  । सङ्गीतकार, गीतकार, अभिनेताका रूपमा परिचित गायक प्रकाश सपूतले निर्देशन गर्नुभएको पहिलो