मिस र मिसेज कोशी असोज १७ मा



काठमाडौं । मिस कोशी र मिसेज् कोशीको फाइनल असोज १७ गते हुने भएको छ । इटहरीमा सम्पन्न हुने उक्त फाइनलमा मिस कोशीको ५ औं वर्ष पुगेको अवसरमा विभिन्न फरक ५ विधाका ५ जना प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मानित गरिने समेत कार्यक्रम रहेको छ ।

जय मिडिया मेनेजमेन्ट प्रा.लि.ले विगत ५ वर्षदेखि मिस कोशी र ३ वर्षदेखि मिसेज् कोशी प्रतियोगिता आयोजना गर्दै आएको जय मिडियाका प्रबन्ध निर्देशक जय राज रायले बताए ।

यसअघि मिस कोशी र मिसेज् कोशीका प्रतियोगीहरुले ट्यालेन्ट राउन्डमा आफ्ना विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । जय मिडियाले पूर्वाञ्चललाई केन्द्र बनाएर लामो समयदेखि विभिन्न सौन्दर्य एवं अन्य विभिन्न सामाजिक प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ ।

मिस कोशी र मिसेज् कोशीका लागि इटहरीमा सम्पन्न ट्यालेन्ट राउन्डमा भेषराज पोखरेल, मेनुका भण्डारी, मनोज राजवंशी, जयराज रोय र सूचना श्रेष्ठ निर्णायक रहेको एक निर्णायक समितिबाट फाइनलका लागि १० र ११ जना प्रतियोगीहरु छनौट गरेको प्रबन्ध निर्देशक रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गायिका लता मङ्गेशकरको ‘बाचुन्जेलीलाई’ सार्वजनिक

काठमाडौँ। गायक रामकृष्ण ढकालले भारतीय गायिका लता मङ्गेशकरसँग गाएको गीत ‘बाचुन्जेलीलाई’ को ‘फिमेल

मेलामार्फत लोक संस्कृतिको संरक्षण 

पाल्पा । कला, संस्कृति मानव जीवनका सिकाइ भएकाले यहाँ लोक संस्कृति संरक्षण गर्न

वर्षा कुँवरलाई ‘मिसेस ब्यूटी क्वीन’को उपाधि

काठमाडौं । ‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को

सुरु भयो चलचित्र ‘पहाड’ को छायाङ्कन

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा