शिवको ‘भेट हुँदा’ सार्वजनिक



काठमाडौं । चर्चित गायक शिव परियारको स्वर रहेको गीत ‘भेट हुँदा’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतलाई शिव परियारको सफल गीत ‘मंगली’को दोस्रो भाग ‘मंगली २’ को रुपमा लिइएको छ ।

उक्त गीतमा प्रल्हाद शाहको शब्द रहेको छ भने सोही गीतमा शंकर थापा ‘स्माइल’को संगीत रहेको छ । ‘भेट हुँदा’ बोलको गीतको भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् भने भिडियोमा ‘कार्टुन क्रुज’का दुई मुख्य कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको छ ।

फिल्मी स्टाइलमा तयार गरिएको भिडियोमा गम्भिर विष्टएको नृत्य निर्देशन रहेको छ भने बुद्ध थापाले खिचेका हुन् । विकास ज्ञवालीले सम्पादन रहेको भिडियोलाई डश म्युजिक नेपालको अफिसियल यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘ए मेरो हजुर’को शीर्ष गीत सार्वजनिक

काठमाडौं । म्युजिक भिडियोमा सफल निर्देशक माइकल चन्दले अब चलचित्रको गीतमा पनि छलाङ

यस्तो छ ‘प्रेमगन्ज’को शीर्ष गीत

काठमाडौं । परिच्छेद सेनको डेब्यू निर्देशन रहेको सिनेमा ‘प्रेमगन्ज’को शीर्ष गीत ‘माथि माथि

सिन्धुपाल्चोककी क्रिन्जीला बनिन् जुनियर मिस नेपाल २०२२

काठमाडौं । यसवर्षको जुुनियर मिस नेपाल २०२२ को सिन्धुपाल्चोककी क्रिन्जीला श्रेष्ठले पहिरिएकी छन्

भूमिका राईको ’मात्तिएको मस्त मौसम’

काठमाडौं । भूमिका राईको प्रस्तुतिमा ’मात्तिएको मस्त मौसम’ सार्वजनिक भएको छ। गीतमा एसपी