सप्तरङ्गको दोस्रो सिजनको तयारी पूरा



काठमाडाैं । ‘सप्तरङ्ग’ कार्यक्रमको दोश्रो चरण प्रारम्भ हुने भएको छ । नोभेम्बर दोस्रो साताबाट सातै प्रदेशमा सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजक गृष्मा ब्रोर्डकास्टिङले जानकारी दिएको छ । गत वर्ष सातै प्रदेशमा पहिलो चरणको कार्यक्रममा सम्पन्न भएको थियो ।

पहिलो सिजनमा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजकले दोस्रो सिजनको कार्यक्रमलाई पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ । दोस्रो सिजनका लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओडसँग सम्झौता भइसकेको आयोजकका प्रवन्ध निर्देशक गृहेन्द्र घिमिरेले जानकारी दिए ।

पहिलो सिजनमा सात प्रदेशविचको सम्बन्ध नागरिकस्तरमा सुमधुर बनाउन प्रभावकारी भएकाले दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगितिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने घिमिरेले बताए । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजनाको तयारी गरिएको कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानिय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली चलचित्रले पनि अब बलिउड, हलिउडका चलचित्र सरह सजिलै विश्वभर प्रदर्शन पाउने

काठमाडौं । नेपाली चलचित्रले पनि बलिउड, हलिउडका चलचित्र सरह सजिलै विश्वभर प्रदर्शन पाउने

यस्तो छ ‘हनी बनी’को फस्टलुक पोस्टर

काठमाडौं । निर्देशक दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘हनी बनी’को फस्टलुक

पुराना मान्यतालाई भत्काउँदै नेपाली चलचित्र

  काठमाडौँ ।  विसं २०६३ पश्चात् अन्य क्षेत्रझैँ चलचित्र क्षेत्रमा पनि परिवर्तन देखियो

‘परदेशी २’ बाट नायकका रुपमा उदाउँदै प्रकाश सपूत

गण्डकी । अहिलेका उम्दा गायक प्रकाश सपूत फिल्म ‘परदेशी २’ बाट नायकका रुपमा