यस्ता छन् इन्जिनियर्स एसोसिएसनको चुनावमा सदस्य पदका उम्मेदवार महतोका एजेण्डा



काठमाडौं । नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल(NEAN) को भदौ २८ मा हुने निर्वाचनमा इन्जिनियर अरविन्दकुमार महतोले सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

महतोले मधेस प्रदेशबाट सदस्यमा उम्मेदवारी दिएका छन् । उनले यसक्षेत्रलाई राजनीतिबाट मुक्त गराई विशुद्ध पेशागत वातावरण बनाउने, मधेस प्रदेशको जनकपुरधाममा नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल   स्थापना, नेपाल सरकारले निर्धारण गरेको इन्जिनियरिङ सेवाको न्यूनतम पारिश्रमिक अबिलम्ब लागू गर्न लगाउने लगायतका एजेण्डा रहेको बताएका छन् ।

त्यस्तै मधेस प्रदेशमा स्टाफ कलेज स्थापनाका लागि पहल गर्ने, ठूला निर्माण आयोजनाहरुमा रिसर्ज एण्ड डेभलपमेन्ट फण्ड अनिवार्य राख्न पहल गर्ने, इन्जिनियरिङ सेवालाई समय सापेक्ष बनाई इ–लाइब्रेरी स्थापना गर्ने गराउनेलगायतका आफ्ना एजेण्डा रहेको बताएका छन् ।

भदौ २८ गते एसोसिएसनको केन्द्रमा काठमाडौं र सातै प्रदेशमा निर्वाचन हुँदैछ । निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिडेनको अध्यक्षमा इन्जिनियर झा निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को केन्द्रीय

दार्चुलाको दुहुँ गाउँपालिकाद्वारा डाक्टर र इञ्जिनियर पढ्नेलाई छात्रवृत्ति

दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले स्थानीय विद्यार्थीलाई डाक्टर र इञ्जिनियर बनाउन छात्रवृत्ति उपलब्ध

मेकानिकल इञ्जिनियरिङमा अध्यापन गराउँदै पोखरा विश्वविद्यालय

गण्डकी । पोखरा विश्वविद्यालयमा स्नातक तहमा मेकानिकल इञ्जिनियरिङ विषयको पढाइ यसै वर्षदेखि सुरु

भारत गएर कम्प्युटर इञ्जिनियरिङ गरेका युवाले गाउँ फर्केर थाले च्याउखेती

नेपालगञ्ज । भारतमा कम्प्युटर इञ्जीनीयरिङको पढाइ सकेर नेपाल फर्केका मिलन बस्नेतले बाँकेमा लोभलाग्दो