इन्जिनियरिङ परिषद् ऐनबारे संसदीय समितिमा छलफल सुरु



काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद ऐन, २०५५ लाई संशोधन गर्न बनेको बिधयेक माथि संसदको विकास तथा प्रविधि समितिमा छलफल प्रारम्भ भएको छ । समितिले बुधबार बिधयेकको संशोधनका बारेमा सरोकारवालासंग छलफल गरेको हो । बैठकमा नेपाल इन्जिनियरिङ परिषदका अध्यक्ष डिल्लिरमण निरौलाले परिवर्तित समयमा उक्त ऐनको संशोधन आवश्यक रहेको बताए ।

उनले ऐनलाई सरलीकृत गर्नुपर्ने पनि देखिएको बताए । विश्वविद्यालयले इन्जिनियरिङको पाठ्यक्रम बनाउँदा परिषद्लाई पनि समावेश गराउनुपर्ने बताए ४ बर्षको मेहनतसँगै प्राप्त भएको स्नातकको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि पेश गरेकै भरमा हालसम्म इन्जिनियरिङ परिषदबाट लाइसेन्स तथा दर्ता नम्बर प्राप्त गर्ने प्रावधान छ ।

तर अब लाइसेन्स परीक्षा पास भएपछि मात्रै लाइसेन्स नम्बर दिने व्यवस्था अनिवार्य रहेको उनले बताए । प्रस्तावित विधेयकमा इन्जिनियरिङ लाइसेन्स परीक्षा लिने व्यवस्था छ । उक्त बिधेयकमाथिको छलफल आगामी बैठकमा जारी रहने र बिधेयकलाई समयसापेक्ष बनाउन आवश्यक देखिएको समिति सभापति कल्याणी खड्काले जानकारी बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
केयुमा पहिलोपटक आर्टिफिसियल इन्टेलिजन्सको पढाइ हुने

बनेपा । काठमाडौँ विश्वविद्यालयमा पहिलो पटक स्नातक र स्नातकोत्तर तहमा आर्टिफिसियल इन्टेलिजेन्स विषयको

सिदिङ्वा गाउँपालिकाले एमबिबिएस र सिभिल इञ्जिनीयरिङ अध्ययन छात्रवृत्ति दिने

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले एमबिबिएस र सिभिल इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति

इञ्जिनीयरिङका विद्यार्थीसँग इजरायली विज्ञको अन्तर सञ्जाल

काठमाडौं । एड्भान्स्ड कलेज अफ इन्जिनीयरिङ एण्ड म्यानेजमेन्टले इजरालयस्थित टेक्नियन विश्वविद्यालयका इञ्जिनीयर प्रा.

पुनःनिर्माणका इञ्जिनियर काममा फर्कन सहमत

काठमाडौं । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) अन्तर्गतका प्राविधिक कार्यक्षेत्रमा