पोखरा महानगरपालिकाले अटोइञ्जिनीयर डिप्लोमा शुरु गर्ने



पोखरा । पोखरा महानगरपालिकाले दक्ष जनशक्ति उत्पादन गर्न मेकानिक्स विषयमा आगामी वर्षदेखि ‘अटो इञ्जिनीयर डिप्लो’मा शुरु गर्ने भएको छ ।

महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गण्डकी अटोमेकानिकल बक्र्स एशोसिएशनको २० औँ वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै उनले उचित स्थान खोजी गरेर ‘अटोल्याण्ड’ निर्माण गरिने जानकारी दिएका छन् । उनले भने,“अबको विकास सीपमूलक र दक्ष जशक्तिबाट सम्भव छ । यसैले अटो इञ्जिनीयर डिप्लोमा शुरु गर्न लागेको हो । ”

अटो मेकानिक्स व्यवसायी सङ्घका अध्यक्ष ठाकुर न्यौपानेले व्यवसाय सञ्चालनमा स्थानीय निकायको सहयोग नपाएको गुनासो गरे । नेपाल अटो व्यवसायी महासङ्घका अध्यक्ष यमप्रसाद भुसालले प्रमुख शहरमा सुविधा सम्पन्न मेकानिकल व्यवसाय सञ्चालन गर्न अटोल्याण्ड निर्माणमा महासङ्घ लागेको जानकारी दिए ।

व्यवसायी कृष्णप्रसाद पौडेल, सिकन्दर शाह, अडिमान लिम्बू र पार्वती बराललगायतलाई सम्मान गरिएको थियो ।
एशोसिएशनका अध्यक्ष सानुमान जलारी, पूर्वअध्यक्ष एवं अटोल्याण्ड व्यवस्थापन समिति संयोजक सनतकुमार भट्टराई, पोखरा उद्योग वाणिज्य सङ्घ सदस्य रामेश्वर अधिकारी, हेटाँैडा अटो व्यवसायी सङ्घका अध्यक्ष आनन्दराम पौडेल, चितवन अटो व्यवसायी सङ्घका अध्यक्ष रामबहादुर लोहनी, एशोसिएशनका वरिष्ठ उपाध्यक्ष किरण कपाली, उपाध्यक्ष सन्नोषकुमार मिश्र, महासचिव पुरुषोत्तम सुवेदी, कास्की मोटरसाइकल एशोसिएशनका अध्यक्ष प्रेम गिरी लगायतले एशोसिएशनका क्रियाकलाप व्यवस्थित र वातावरणमैत्री हुनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने ७४ इञ्जिनियर सम्मानित

काठमाडौँ । राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने इञ्जिनियरलाई सम्मान गरिएको छ । नयाँ

इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुने

  चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि इञ्जिनियरिङको पढाइ हुने भएको

राजविराजमा इन्जिनियरिङ कलेजको नवनिर्मित भवन उद्घाटन

  राजविराज  ।  सप्तरीको राजविराजमा निर्माण गरिएको इन्जिनियरिङ कलेजको भवनको  उद्घाटन गरिएको छ