‘अब्जेक्टिभ बुक फर सिभिल इन्जिनियर्स्’ विमोचन



काठमाडौं । इन्जिनियर जनकराज पन्तसहित लेखकहरुको लेखको संग्रह ‘अब्जेक्टिभ बुक फर सिभिल इन्जिनियर्स्’ विमोचन भएको छ। सोमबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा ८०० पृष्ठको उक्त पुस्तक सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, कृषि सडक विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठ, पूर्वसचिव भीम उपाध्याय, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लेखा विभाग प्रमुख पार्वती शर्माले संयुक्त रुपमा विमोचन गरेका थिए।

कार्यक्रममा महानिर्देशक शर्माले देश विकासका लागि प्राविधिक प्रशासकलाई राज्यले विशेष महत्त्व दिनुपर्ने माग गरे। अबको युग विकासको भएकाले प्राविधिक प्रशासकहरुले देश विकासमा लाग्नुको विकल्प नरहेको उनको भनाइ छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती शर्मा काफ्लेले प्रशासन र प्राविधिकतर्फका कुशल प्रशासक उत्पादन गराउन विमोचित पुस्तक अत्यन्त उपयोगी रहेको र यस पुस्तकले प्राविधिक विकासमा समेत विशेष भूमिका खेल्नेमा आफु विश्वस्त रहेको बताइन्।

प्राविधिक क्षेत्रमा दक्ष र कुशल जनशक्ति उत्पादन गराउन मद्दत पुगोस् भन्ने उदेश्यले पुस्तक प्रकाशन गरेको नालन्दा फाउन्डेशनका निर्देशक रामकृष्ण आचार्यले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसंघका पुष्कर शाही विजयी

काठमाडौं । काठमाडौंको थापाथली इन्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार निर्वाचित भएका छन्

पुल्चोक इन्जिनियरिङ क्याम्पसको सभापतिमा अनेरास्ववियुका विराज अर्याल निर्वाचित

काठमाडौं । पुलचोक इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुका विराज अर्याल निर्वाचित

नेपालमै ‘खानी’ इञ्जिनियर उत्पादन गर्दै काठमाडौं विश्वविद्यालय

काभ्रे । काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले खानी तथा खानीजन्य उद्योगमा आवश्यक पर्ने

मुङ्लिन– नारायणगढ सडकको कथा व्यथा

रञ्जनकुमार दाहाल । मुङ्लिन– नारायणगढ सडक बारे हिजो एक जनाले फोन गरेर गाली