नेपाल इन्जिनीयरिङ परिषद् विधेयक पारित
काठमाडौं । राष्ट्रियसभाको सोमबारको बैठकले ‘नेपाल इन्जिनीयरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ पारित गरेको छ । बैठकको सर्वसम्मतिबाट सो विधेयक पारित भएको हो । त्यसैगरी बैठकमा ‘नेपाल विशेष सेवा विधेयक, २०७६’ पेश भएको छ । प्रधानमन्त्रीतर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले सो विधेयक बैठकमा गरेका थिए ।
विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद् प्रकाश पन्थले प्रस्तुत गरेको विरोधको सूचनालाई बहुमतले अस्वीकृत गरेको थियो । विधेयक पेश गर्दै अर्थमन्त्री डा खतिवडाले राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई व्यवस्थित गर्न उक्त विधेयक ल्याइएको बताए ।