काठमाडौं । नेपाल शिक्षक महासंघले अघिल्लो सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्न र सरुवा निर्देशिका खारेज गर्न माग गरेको छ ।
शिक्षामन्त्री महावीर पुनलाई मंगलबार महासंघको टोलीले भेटेर सरुवा निर्देशिका खारेज गर्न माग गरेको हो ।
सरुवा निर्देशिकाको खारेजी, गत वैशाखमा भएको ९ बुँदे सहमतिकोको कार्यान्वयनको लागि पत्राचार, स्थानीय भत्ताको उपलब्धता लगायतका विषयमा अविलम्ब निकास निकाल्न दबाबपूर्ण पक्षीकरण गरिएको महासंघले जनाएको छ ।

प्रतिक्रिया