शिक्षामन्त्री पुन मन्त्रालयमा टीम बनाउन व्यस्त


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्रालयमा सिर्जनशील टीम बनाउन व्यस्त रहेकाले केही दिन  अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन् ।

बुधबार सामाजिक संजालमार्फत मन्त्री पुनले केही दिनका लागि अनावश्यक फोन नगर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘अस्तीदेखि मोबाईलमा, मेसेन्जरमा र ह्वाट्सअपमा हजारौं कल र मेसेज आइरहेका छन् । म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु । त्यसैले केही दिनका लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला।’ मन्त्री पुन मंगलबारदेखि मन्त्रालयमै बसेका छन् । उनका लागि खाने बस्ने व्यवस्था मन्त्रालयमै गरिएको छ ।