विद्यार्थीको भविष्य र अभिभावकको पीडामाथि सरकार सुतुरमुर्गजस्तो टाउको लुकाएर बस्नु दुखःदः सांसद केसी



काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले शिक्षक आन्दोलनप्रति सरकार अनुदार देखिएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद केसीले लाखौं विद्यार्थीको भविष्य अन्यौलमा पर्दासमेत सरकार र शिक्षकहरुले आफ्नो दायित्व नबुझेको बताएका हुन् ।

उनले सरकारको निर्णयबाट पूरा हुने माग तत्काल पूरा गर्ने र निश्चित समयसीमामा ऐन जारी गर्ने गरी सहमतिमार्फत निकास निकाल्न आग्रह गरे ।

उनले भने, ‘चैत २० देखि देशभरका शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा छन् । लाखौँ विद्यार्थीको भविष्य र अभिभावकको पीडामाथि सरकार सुतुरमुर्गजस्तो टाउको लुकाएर बस्नु दुखःद हो । शिक्षकले पनि आफ्नो दायित्व बुझ्न जरुरी छ ।’

उनले यस विषयमा नभए गम्भीर परिणामको जिम्मेवार सरकार नै बन्नुपर्ने चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्वतन्त्रताको मलिलो जमिनमा उम्रिएको जनताको सपना दरबारको भित्तामा लगेर टाँस्सियोस्– कसैले भन्न सक्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रताको अभ्यासमा हुर्केको आजको समाजले जनताको मतभन्दा

म्याग्दीको एउटा विद्यालय, जहाँ विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतस्थित शिखर आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको सङ्ख्या बराबर

गणतन्त्र जनसङ्घर्षबाट प्राप्त उपलब्धि हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र नेपाली जनताको लामो र कठोर सङ्घर्षको मूर्तरूप

आज मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका