जुम्लामा शैक्षिकसत्र अगावै पाठ्यपुस्तक



जुम्ला । हिमाली जिल्ला जुम्लामा पाठ्यपुस्तक पुगेको छ । शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा यस वर्ष समयमै पाठ्यपुस्तक पुगेको हो ।

देशभर नयाँ शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरु हुने गर्दछ । हिमाली जिल्लामा केही वर्ष पहिले फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गर्दथ्यो । दुई शैक्षिक सत्र अघिदेखि जुम्लामा वैशाखदेखि नै सुरु हुने गरेको छ ।

यस वर्ष शैक्षिक सत्र सुरु हुनुअगावै जिल्लामा पाठ्यपुस्तक आइपुगेको सदरमुकाम खलङ्गा बजारमा रहेको सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिए ।

नयाँ शैक्षिक सत्रका लागि जिल्लामा गत चैत १७ गते पाठ्यपुस्तक पुगेको छ । खड्काले भने, ‘कक्षा १–५ सम्मको रु एक हजार ५०० सेटको र कक्षा ६–१० सम्मको दुई हजार प्रतिसेटमा पाठ्यपुस्तक आइपुगेको छ, यहाँका आठ स्कुलले पाठ्यपुस्तक लिएका छन्, अझै विद्यालयबाट माग आउँदै छ, आन्दोलनका कारण शिक्षक बाहिर छन्, अहिले कमै मात्र बिक्री भइरहेको छ, स्कुल खुलेपछि पाठ्यपुस्तक लिनेको सङ्ख्या बढ्ने सन्ध्या स्टेसनरीका सञ्चालक खड्काको भनाइ छ ।’

यहाँका सामुदायिक विद्यालयलाई जिपी स्टेशनरी र सन्ध्या स्टेशनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् । यस्तै कनकासुन्दरीको दर्पण स्टेशनरी, सिँजाको कर्णाली र तिलाको दीपकैलाश स्टेशनरीले पाठ्यपुस्तक बिक्री–वितरण गर्दै आएका छन् । जिल्लाभर करिब १४५ सामुदायिक विद्यालय रहेको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न ११ सदस्यीय कार्यदल गठन

काठमाडौँ । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार

‘शिक्षकको माग करिब-करिब सम्बोधन हुनेगरी हामीले विधेयक बनाइरहेका छौँ’

काठमाडौँ । ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ यथाशीघ्र जारी

शिक्षकहरूको अपेक्षा अनुरुपको शिक्षा ऐन आउन सकेन भने मुलुकको शिक्षा क्षेत्रले ठूलो क्षति व्यहोर्नु पर्ने स्थिति आउनसक्छ

-केशवप्रसाद भट्टराई । १. नेपाल शिक्षक महासङ्घले शिक्षक आन्दोलनलाई निर्णायक घडिमा पुर्याएको छ,

इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्

इलाम । वैशाख लागेसँगै विद्यालयमा विद्यार्थी भर्ना अभियान चल्नुपर्ने हो । तर, देशभरका