शैक्षिक परामर्श दिने कम्पनीलाई ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवद्र्धन गर्नुपर्छः मन्त्री भण्डारी



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले शैक्षिक परामर्श सेवा दिने कम्पनी तथा संस्थालाई साना व्यवसाय तथा ‘स्टार्टअप’ उद्यमका रूपमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल शैक्षिक परामर्श सङ्घले बिहीबार आयोजना गरेको ‘शैक्षिक परामर्श क्षेत्रको औद्योगिक मान्यताः सरकारको भूमिका’ विषयक कार्यक्रममा उनले शैक्षिक परामर्श सेवा प्रदायकले समेत नवीनतम् सोच प्रयोग गरी व्यवसाय सञ्चालन गरेकाले स्टार्टअप उद्यम हुनसक्ने बताए ।

मन्त्री भण्डारीले शिक्षा क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै नेपाल सरकारले शिक्षा क्षेत्रको विकासका लागि ठूलो लगानी गरिरहेको बताए ।

उनले भने, “यसै सन्दर्भमा शैक्षिक परामर्श प्रदान गर्ने कार्यलाई उद्यमशील र रोजगारमुखी क्षेत्रका रूपमा हेरिन्छ, यस क्षेत्रले उल्लेख्य मात्रामा रोजगारी सृजना गरेको सहजै अनुमान गर्न सकिन्छ, शैक्षिक परामर्श प्रदान गर्ने क्षेत्रलाई सेवा उद्योगका रूपमा सरकारले मान्यता दिएको छ ।”

शैक्षिक परामर्श प्रदान गर्ने क्षेत्रलाई पारदर्शी बनाई सहज र सुलभ सेवा प्रवाह गर्नका लागि आवश्यक पूर्वाधार विकासमा थप काम गर्नुपर्नेमा मन्त्री भण्डारीले जोड दिए ।

उनले हाल शैक्षिक परामर्श सेवा दिने कम्पनीहरूले आफ्नो सेवालाई विश्वसनीय बनाउन ‘एक्रिडिटेशन’समेत गरी अघि बढ्नुपर्ने देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बजेटले आशा जगाउन सकेनः उपमहासचिव पुन

काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले आशा जगाउने खालको बजेट ल्याउन नसकेको बताएका

मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सातर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रवृत्ति

काठमाडौँ । सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजा कार्यक्रमको रकम

बढेन सरकारी कर्मचारीको तलब, ५ हजार महंगी भत्ता

काठमाडौं । सरकारले सरकारी कर्मचारीको महँगी भत्ता ५ हजार बढाएको छ । बिहीबार

कृषि तथा पशुपन्छी विकासका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन

  काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई