डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि प्रधानमन्त्रीसमक्ष अनुरोध



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न मागपत्र बुझाइएको छ ।

आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टीसहित जिल्लाका बौद्धिक समुदायका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले क्याम्पसका आवश्यक भौतिक पूर्वाधार निर्माणका साथै अध्ययन अध्यापनका लागि ध्यान दिन र विकासमा पछाडि परेको डोटीलाई बजेट विनियोजनमा प्राथमिकता दिन आग्रह गरेको हो ।

प्रधानमन्त्रीसमक्ष मागपत्र प्रस्तुत गर्न पूर्वमन्त्री वीरबहादुर बलायर, संविधानसभा सदस्यहरू गौरी वली र भरतबहादुर खड्का, सुदूरपश्चिम प्रदेशसभा सदस्य चक्र मल्ल, जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मणबहादुर सिंह, दिपायल सिलगढी नगरपालिकाका बाजीसिंह खड्का, केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही, नेपाली काँग्रेसका जिल्ला सभापति नरेन्द्रबहादुर सिंह, नेकपा (एमाले)का जिल्ला अध्यक्ष मञ्जु मलासीलगायत प्रधानमन्त्री निवासमा उपस्थित थिए ।

दिपायल सिलगढी नगरपालिका–६, थाप्लामा त्रिभुवन विश्वविद्यालयअन्तर्गत डोटी प्राविधिक आङ्गिक क्याम्पसका रूपमा सञ्चालन गर्ने तयारी भए पनि जनशक्ति र बजेट अभावमा काम अघि नबढेकाले प्रतिनिधिमण्डलले उच्च राजनीतिक तहमा सहयोगका लागि ध्यानाकर्षण गराएको हो ।

एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र गृहमन्त्री एवं काँग्रेस नेता रमेश लेखकसहित उपस्थित कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी बजेटलाई सन्तुलित, व्यवस्थित र प्रभावकारी कार्यान्वयनमुखी बनाउन छलफल भइरहेको बताउँदै डोटी विकासमा पछाडि परेको वास्तविकताबारे आफू जानकार रहेकाले डोटीको विकास अब प्राथमिकतामा पर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले थालेका काम पूरा गर्ने र बजेट विनियोजन गर्दा स्रोत सुनिश्चित गरेर मात्र रकम छुट्याइने उल्लेख गर्दै खप्तड इञ्जिनियरिङ क्याम्पस पूर्वाधार निर्माण गर्दा छात्रावास पनि निर्माण गर्न सकेमा टाढाका विद्यार्थीलाई सहज हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्यालय शिक्षा ऐन जारी गर्न तत्काल विशेष अधिवेशन आह्वान गर्न समाजवादी मोर्चाको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट

गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त

गण्डकी । गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा डा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् ।

त्रिविका उपकुलपतिसँग मेरो भिडन्त भयो भन्ने प्रचारमा कुनै सत्यता छैनः प्रधानमन्त्री ओली

रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विद्यालय शिक्षा ऐन चाँडै ल्याउन तत्पर

सरकारसँग शिक्षक महासंघ रुष्ट, शिक्षा मन्त्रालयलाई बुझायो २४ बुँदे ध्यानाकर्षणपत्र

काठमाडौं । नेपाल शिक्षक महासङ्घको प्रतिनिधिमण्डलले बिहीबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा ध्यानाकर्षण