प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर बनिन् अभिनेत्री दिव्या रायमाझी



काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । कन्सल्टेन्सीले आइतबार काठमाडौंमा एक कार्यक्रम गरी अभिनेत्री रायमाझीलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको जानकारी गराएको हो ।

कार्यक्रममा कन्सल्टेन्सी र अभिनेत्री राममाझीबीच ब्रान्ड एम्बासडर नियुक्त गरिएको हस्ताक्षरसहितको सम्झौतापत्र एकआपसमा साटासाट गरिएको थियो । कन्सल्टेन्सीका प्रमुख नवराज प्रसाईंले अभिनेत्री रायमाझीलाई प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गर्न पाउँदा खुसी लागेको बताए ।

ब्रान्ड एम्बासडर बनेपछि कार्यक्रममा आफ्नो धारणा राख्दै अभिनेत्री दिव्या रायमाझीले आगामी दिनमा प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीलाई थप उचाईमा पुर्याउन सक्दो भूमिका खेल्नी बताइन् ।

बिगत ७ वर्षदेखि प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीले शैक्षिक परामर्शदाताको रुपमा सक्रिय भएर अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका, डेनमार्क, न्युजल्याण्ड, फिनल्याण्ड,युरोप लगायत अन्य देशहरुमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि शैक्षिक परामर्शका साथै भिसा सम्बन्धी काम गर्दै आइरहेको छ । यसैबीच प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीले अभिनेत्री तथा ब्रान्ड एम्बासडर दिव्या रायमाझीको उपस्थितिमा यही मार्च २७ का दिन युके एडमिसन डे शैक्षिक मेला पनि आयोजन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसङ्घका दीपकराज जोशी निर्वाचित

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा सोमबार सम्पन्न निर्वाचनमा नेवि सङ्घका दीपकराज

प्याब्सनको तीन वर्षे कार्ययोजना सार्वजनिक

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सङ्गठन नेपाल (प्याब्सन)ले तीन वर्षका लागि कार्ययोजना

स्थगित भएको त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन सोमबार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को कीर्तिपुरस्थित विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन

त्रिविका उपकुलपति बरालले दिए राजीनामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति केशरजंग बरालले राजीनामा दिएका छन् । उपकुलपति बरालले