प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर बनिन् अभिनेत्री दिव्या रायमाझी



काठमाडौं । लोकप्रिय तथा चर्चित अभिनेत्री दिव्या रायमाझी प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडर नियुक्त भएकी छन् । कन्सल्टेन्सीले आइतबार काठमाडौंमा एक कार्यक्रम गरी अभिनेत्री रायमाझीलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको जानकारी गराएको हो ।

कार्यक्रममा कन्सल्टेन्सी र अभिनेत्री राममाझीबीच ब्रान्ड एम्बासडर नियुक्त गरिएको हस्ताक्षरसहितको सम्झौतापत्र एकआपसमा साटासाट गरिएको थियो । कन्सल्टेन्सीका प्रमुख नवराज प्रसाईंले अभिनेत्री रायमाझीलाई प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बासडरको रूपमा नियुक्त गर्न पाउँदा खुसी लागेको बताए ।

ब्रान्ड एम्बासडर बनेपछि कार्यक्रममा आफ्नो धारणा राख्दै अभिनेत्री दिव्या रायमाझीले आगामी दिनमा प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीलाई थप उचाईमा पुर्याउन सक्दो भूमिका खेल्नी बताइन् ।

बिगत ७ वर्षदेखि प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीले शैक्षिक परामर्शदाताको रुपमा सक्रिय भएर अष्ट्रेलिया, क्यानडा, युके, अमेरिका, डेनमार्क, न्युजल्याण्ड, फिनल्याण्ड,युरोप लगायत अन्य देशहरुमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि शैक्षिक परामर्शका साथै भिसा सम्बन्धी काम गर्दै आइरहेको छ । यसैबीच प्रोफाइल इन्टरनेशनल एजुकेसन कन्सल्टेन्सीले अभिनेत्री तथा ब्रान्ड एम्बासडर दिव्या रायमाझीको उपस्थितिमा यही मार्च २७ का दिन युके एडमिसन डे शैक्षिक मेला पनि आयोजन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई आवासीय शिक्षा

गलकोट (बागलुङ) । बागलुङमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनको व्यवस्था

आधारभूत कक्षामा विद्यार्थी सङ्ख्या शून्य

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ लामगरामा रहेको युुवा वर्ष आधारभूत विद्यालयको तीन वटा

खोटेहाङमा निर्मित विद्यालयको प्रशासनिक भवन सञ्चालन

खोटाङ । खोटेहाङ गाउँपालिका-७ खोटाङबजारस्थित भगवती दिनानाथ माध्यमिक विद्यालयको तीनतले प्रशासनिक भवन सञ्चालनमा

विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा दिइने

काठमाडौं ।  सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने