एक हजार एक सय विद्यार्थीले गरे ‘एबाकस’ पद्धतिबाट हिसाब



काठमाडौं ।  बागमती प्रदेशका ७० वटा विद्यालयमा अध्ययनरत एक हजार एक सय ११ विद्यार्थीले आज एकैस्थानबाट एकसाथ एबाकस पद्धतिबाट हिसाब गरेका छन् ।

एबाकस हिसाबको माध्यमबाट गिनिज विश्व कीर्तिमान् बनाउने उद्देश्यले सामूहिक हिसाब गरिएको हो । अङ्क गणितीय हिसाबलाई सर्वाधिक छिटो सम्पन्न गर्ने पद्धति मानिएको एबाकसबाट विद्यार्थीले हिसाब गर्ने मात्र नभइ समग्र शैक्षिक क्षमता र व्यक्तित्वमै सकारात्मक प्रभाव पार्ने बताइन्छ ।

बाल विकास एनसिमास प्रालिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री हरिप्रभा खड्गी श्रेष्ठले एबाकस शिक्षालाई देशभर लागू गर्नुपर्ने बताइन् ।

“एबाकस जस्ता आधुनिक शिक्षण विधि बालबालिकाको समग्र विकासका लागि अनिवार्य छन्”, उनले भनिन्। आयोजक बाल विकास एनसीमास प्रालिका कार्यकारी निर्देशक तेजु नेपालका अनुसार विद्यार्थीलाई सृजनात्मक सोच, विश्लेषणात्मक क्षमता, र निर्णय शक्ति अभिवृद्धि गर्न विभिन्न अभ्यास गराइएको थियो ।

उनका अनुसार, नेपालमै पहिलो पटक यति ठूलो सङ्ख्यामा विद्यार्थीको सहभागितामा यस्तो शिक्षण पद्धति प्रयोग गरिएको हो । आजको अबाकस प्रतियोगिताले ‘एसियन वल्र्ड रेकर्ड’ राख्न सफल भएको छ । एसियन वल्र्ड रेकर्डको सर्टिफिकेट पनि आजै बाल विकासमा संस्थालाई प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा दिइने

काठमाडौं ।  सरकारले नेपाल पढ्न आउने विदेशी विद्यार्थीलाई निःशुल्क प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउने

मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सातर्फको उच्च शिक्षामा उत्प्रेरणा छात्रवृत्ति

काठमाडौँ । सरकारले कक्षा ५ सम्मका विद्यार्थीलाई उपलब्ध गराइने दिवा खाजा कार्यक्रमको रकम

म्याग्दीको एउटा विद्यालय, जहाँ विद्यार्थी सङ्ख्या तीन, शिक्षक, कर्मचारी पनि तीन !

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–५ स्वाँतस्थित शिखर आधारभूत विद्यालयमा शिक्षक र विद्यार्थीको सङ्ख्या बराबर

दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं ।  सर्वोच्च अदालतले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन