भक्तपुरमा नेशनल प्याव्सन काठमाडौं जिल्ला समितिको चौथो बैठक



काठमाडौं । नेशनल प्याव्सन काठमाडौं जिल्ला समितिको चौथो बैठक सुरु भएको छ । शुक्रबार भक्तपुरको नगरकोटस्थित होटल मेरीगोल्डमा चौंथो बैठक शुरु भएको हो ।

दुई दिनसम्म चल्ने बैठकको सभापतित्व जिल्ला अध्यक्ष अमृत खड्काले गरेका छन् । बैठकमा उनले छलफलका बिषयहरु प्रष्ट पारेका थिए । बैठकमा नवगठित नेशनल प्याव्सन केन्द्रीय समितिका अध्यक्ष सुवास न्यौपाने प्रमुख अतिथिका रुपमा उपस्थित छन् ।

त्यसैगरी कार्यक्रममा केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष शम्भु अधिकारी, महासचिव प्रकाश खड्का, कोषाध्यक्ष खडक बहादुर बस्नेत, उपमहासचिव जीवी खड्का, सचिव वेद पन्त तथा मनोज कुमार श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष डि.एन. महतो सहभागी छन् ।

बैठकमा काठमाडौं जिल्लाले प्रकाशन गरेको वार्षिक शैक्षिक क्यालेन्डरसमेत विमोचन गरिएको छ । बैठकमा पालिकाको साँगठनिक तथा आर्थिक प्रतिवेदन, जिल्लाको वार्षिक कार्य योजना, परीक्षा, तालिम तथा प्रशिक्षण, वैदेशिक भ्रमण, संगठन विस्तार जस्ता बिषयमा घनिभुत छलफल गरी शैक्षिक बर्ष २०८२ लाई सफलतापूर्वक सम्पन्न गर्नमा यो वैठक प्रभावकारी रहने जानकारी गराइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं ।  सर्वोच्च अदालतले दक्षिण कोरियाको अध्ययन अनुमति रोक्ने सरकारको निर्णय तत्काल कार्यान्वयन

विद्यार्थीलाई पढाइसँगै सीप सिकाउँदै बेनीका विद्यालय

म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले “हामी सक्छौँ, हामी गर्छौँ” कार्यक्रममार्फत विद्यार्थीलाई पढाइसँगै सीप

शिक्षामन्त्रीको प्रतिवद्धताः विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप गर्दैनौँ

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप नगरी स्वतन्त्रता

विदेशी विद्यार्थीलाई आकर्षित गर्ने गरी नीति निर्माण गर्नुपर्छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी