भोजपुरको सानोदुम्मा माविमा ‘ई–लर्निङ सेन्टर’ स्थापना



भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकास्थित सानोदुम्मा माध्यमिक विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिएको छ । विद्यार्थीलाई समयसापेक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ई–लर्निङ सेन्टर स्थापना गरिएको हो ।

ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिदिएको हो । ईश्वर मन्दिरले २० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी र एक थान वाइफाई सेट वितरण गरेर यहाँ सेन्टर सञ्चालन ल्याएको हो ।

विद्यालयमा  आठ लाखबराबरको सामग्री वितरण गरेर सेन्टर सञ्चालनमा ल्याइएको ईश्वर मन्दिर काठमाडौँका महासचिव सङ्केत कोइरालाले जानकारी दिए ।

ई–लर्निङ सेन्टर स्थापनाले विद्यार्थीलाई प्रविधिमैत्री शिक्षणमा सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक खगेन्द्र ढकालले बताए । आवश्यकताका आधारमा विद्यालय, समय र विद्यालयभन्दा अन्य समयमा पनि समूह निर्माण गरेर प्राविधिमैत्री शिक्षण गराइने उनले जानकारी दिए ।

“हाम्रो विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गर्न सफल भएका छौँ”, उनले भने, “सेन्टर स्थापनाले विद्यार्थीलाई समयसापेक्ष प्रविधिमैत्री शिक्षण गराउन सहज भएको छ । अब हामीले प्रविधिमैत्री शिक्षणमा जोड दिन्छौँ ।” सबै विद्यार्थीलाई प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्न समूह निर्माण गरेर शिक्षणमा जोड दिइने उनको भनाइ छ ।

सेन्टर स्थापना कार्यक्रम पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै प्रविधिमैत्री शिक्षणमा जोड दिइएको बताए । समाज सुधारको पहिलो आधार शिक्षा रहेकाले जीवनोपयोगी शिक्षणमा गाउँपालिकाले योजनाबद्ध रूपमा काम गरिहेको अध्यक्ष राईले बताए ।

अध्यक्ष राईले भने, ‘गाउँपालिकासँगै विभिन्न निकायसँगको सहकार्यमा भौतिक निर्माणसँगै आधुनिक शिक्षा प्रणालीमा लगानी गरिरहेका छौँ । शिक्षाले नै समुन्नत समाज निर्माणमा सहयोग गर्ने भएकाले हामीले शिक्षाको क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेका छौँ, गाउँपालिकाभित्रका ३२ वटै सामुदायिक विद्यालयमा व्यवस्थित पुस्ताकालयसँगै प्रविधिमैत्री बनाउन ध्यान दिएका छौं ।’

पछिल्लो समय विज्ञान र प्रविधिले फड्को मारेकाले शिक्षण पद्धतिलाई प्रविधिमैत्री बनाउन आवश्यक रहेको पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले बताए । डिजिटल प्रविधिको शिक्षण सिकाइमा सहयोग पुर्याउने उद्देश्यले ईश्वर मन्दिर काठमाडौँ अभियानले विद्यालयमा सहयोग गर्दै आएको उनले बताए ।

“आजको युग विज्ञान र प्रविधिको युग हो, हामीले पनि शिक्षालाई समयसापेक्ष अघि बढाउन आवश्यक छ । दूरदराजका विद्यालयलाई प्रविधिसँग जोड्न हामीले अभियान सञ्चालन गरेर आवश्यक प्रोत्साहन गरिरहेका छौँ”, पूर्व अर्थमन्त्री कोईरालाले भने । ईश्वर मन्दिर काठमाडौँ अभियान २०५६ सालमा स्थापना गरेर आवश्यक प्रोत्साहन तथा सहयोगका कार्यक्रम गर्दै आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वीरगंजस्थित ठाकुरराम क्याम्पसको स्ववियू सभापतिमा १४ जनाको उम्मेदवारी

वीरगञ्ज  । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आसन्न निर्वाचनका लागि वीरगञ्जको

विश्वविद्यालयको विकासका लागि संघीय सरकारको पूर्ण साथ रहन्छः प्रधानमन्त्री ओली

बेलबारी (मोरङ) । प्रधानमन्त्री केपी शर्मा ओलीले आमयुवा विद्यार्थीलाई पलायन हुने नभइ देश

दुई करोडमा खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित खैरेनीटार माध्यमिक विद्यालयको भवन निर्माण गरिएको छ

नेशनल प्याब्सनका नवनिर्वाचित पदाधिकारीहरूद्वा पदभार ग्रहण

काठमाडौँ । निजी तथा आवासीय विद्यालय सञ्चालकहरूको संगठन (नेशनल प्याब्सन) का नवनिर्वाचित पदाधिकारीहरूले