विद्यालय खाजामा लगानी बढाउन माग



 

काठमाडौँ । बालबालिकाको सिकाइका निम्ति विद्यालयमा पोषणयुक्त खाजामा लगानी बढाउन सरोकार भएकाहरूले माग गरेका छन् ।

शनिबार आयोजित ‘स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१ कार्यान्वयनको सन्दर्भमा राष्ट्रिय परामर्श’ कार्यक्रममा सरोकार भएकाहरूले यस्तो माग गरेका हुन् ।

विद्यालय उमेरका बालबालिकाका लागि पोषण अति आवश्यक भएको र यसले बालबालिकाको विद्यालयमा पहुँच विस्तार र सिकाइस्तर वृद्धिको आधार निर्माण गर्ने भन्दै यसमा जोड दिनुपर्ने उनीहरूको भनाइ थियो ।

“पोषणयुक्त खाजाले स्वस्थ शरीर र भोकरहित वातावरण निर्माण गर्छ, जसले शिक्षण सिकाइ र विद्यालयमा पहुँच विस्तारसमेत निकै टेवा पुग्छ । साथै स्वास्थ्य मानव पुँजी तयार गरी राष्ट्रको अर्थतन्त्रमा सहयोग पुग्ने हुँदा विद्यालयमा पोषणयुक्त खाजाका लागि लगानी बढाउन आवश्यक छ”, वक्ताहरूले भने ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेले प्राप्त सुझावलाई सम्पत्तिका रूपमा ग्रहण गर्दै गुणस्तरीय शिक्षा, प्रवद्र्धन गर्न सरकार प्रतिबद्ध रहेको भन्दै शिक्षालाई गुणस्तरीय बनाउन र बालबालिकाको दिवा खाजा प्रवद्र्धन गर्न सबै सरोकारवालाको भूमिका रहेको बताए । उनले बालबालिकामा लगानी बढाउन अन्तर मन्त्रालय, सरोकार भएका निकाय र अभिभावकलगायत सङ्घसंस्था सबैको दायित्व रहेको बताए ।

मन्त्रालयका सचिव हरिप्रसाद अर्यालले तोकिएको मापदण्डअनुसार पोषणयुक्त खाजाको व्यवस्थापनका लागि सहज गर्ने उद्देश्यले गत असोज ८ गतेको मन्त्रिस्तरीय निर्णयबमोजिम मन्त्रालयले स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूप, २०८१ स्वीकृति भएको बताए ।

गाउँपालिका महासङ्घका सदस्य भुपाल पोखरेल र जिल्ला समन्वय समिति महासङ्घका उपमहासचिव दीपक गौतम, नगरपालिका सङ्घकी प्रतिनिधि सुनिता सुबेदी, राष्ट्रिय बाल अधिकार परिषद्की सदस्य–सचिव इन्द्रादेवी ढकाललगायतले दिवा खाजा प्रवद्र्धन गर्ने कार्यमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अधिकारकर्मी तथा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले दिवा खाजा कार्यक्रमलाई बाल संवेदनशील सामाजिक सुरक्षा, बालमैत्री, विभेदमुक्त वातावरणका साथै पोषण सुधार र दिवा खाजा कार्यक्रमका विषयलाई राजनीतिक पार्टी र सबै सरोकारवालाको साझा छलफलको विषय बन्नुपर्ने बताए ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका हरिप्रसाद अर्यालले कार्यक्रममा दिवा खाजाको पृष्ठभूमिका बारेमा प्रस्तुतीकरण गर्दै अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, विद्यालय शिक्षा क्षेत्र योजना, स्थानीय उत्पादनमा आधारित पोषणयुक्त विद्यालय दिवा खाजा प्रारूपलगायत नीतिगत व्यवस्थाअनुरूप सञ्चालन भइरहेको बताए ।

विद्यालय खाजाका लागि आठ अर्ब ४६ करोड विनियोजन भएको र उक्त रकम बराबर ३२ लाख विद्यार्थीले खाजा खाइरहेको जानकारी दिदै उनले यसलाई थप व्यवस्थित बनाउन लगानी बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा वल्र्ड भिजन इन्टरनेसनलकी उमा मगरले वल्र्ड भिजन इन्टरनेसनलले बालमैत्री, पोषणमैत्री, बाल संरक्षण प्रवद्र्धनलगायत अभियान सञ्चालन गरिरहेको जानकारी दिइन् ।

कार्यक्रममा बाल क्लबका प्रतिनिधिहरूले दिवा खाजा कार्यक्रमको अनुगमन गर्नुपर्ने, बालबालिका केन्द्रित विषयमा उनीहरूसँग नै सोधेर अध्ययन गर्नुपर्ने बताएका थिए ।

यस्तै, विद्यालयका प्रधानाध्यापकहरूले दिवा खाजाको रकम निकासा मासिक रूपमा गरिनुपर्ने, असल अभ्यास अनुभवको आदानप्रदान गर्नुपर्ने, विद्यार्थीलाई प्रदान गरिने खाजाको रकम बढाइनुपर्ने, यसमा स्थानीय सरकारले आफ्नो स्रोत परिचालन गर्न सक्नुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएका थिए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा बालमैत्री स्थानीय शासन राष्ट्रिय मञ्च, जागृति बाल तथा युवा सरोकार नेपालको सहकार्य तथा वल्र्ड भिजन इन्टरनेसनल नेपाल, क्यानालको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धौलागिरी बुहुमुखी क्याम्पसमा निःशुल्क शिक्षा दिन एक करोडको कोष स्थापना

  बागलुङ । बागलुङको धौलागिरी बुहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्नलाई निःशुल्क रुपमा पठन–पाठन

रत्न माध्यमिक विद्यालय भवन जीर्ण : अश्वासन पाइने तर काम नहुने

कञ्चनपुर ।  कञ्चनपुरको बेदकोट नगरपालिका १० चतहरीमा रहेको रत्न माध्यमिक विद्यालय अभावै अभावमा

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, चैत ५ मा मतदान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

तनहुँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक विद्यालयहरुको गुणस्तर