रत्न माध्यमिक विद्यालय भवन जीर्ण : अश्वासन पाइने तर काम नहुने



कञ्चनपुर ।  कञ्चनपुरको बेदकोट नगरपालिका १० चतहरीमा रहेको रत्न माध्यमिक विद्यालय अभावै अभावमा सञ्चालन हुँदै आएको छ। पुराना जीर्ण जस्तापाताको छानो भएका भवनमा विद्यार्थीलाई पठनपाठनको कार्य गराउन निकै समस्या हुने गरेको छ।

विद्यालयमा रहेका आठ भवनका १२ कक्षा कोठामध्ये आठ कक्षा कोठा मात्रै प्रयोग गर्न योग्य रहेको विद्यालयका प्रधानाध्यापक शेरबहादुर सार्कीले बताए। वर्षातका बेला भवन चुहिने भएकाले पठनपाठनमा समस्या हुने गरेको उनले बताए। उनका अनुसार हिउँद र गर्मीका बेला पानी नपर्दासम्म भवन प्रयोग गर्न सकिने भए पनि जस्तापातामा खिया लागेर प्वालैप्वाल परेकाले वर्षातमा भवन प्रयोग गर्न सकिँदैन।

‘विद्यार्थीका लागि बस्नका लागि पर्याप्त डेस्क बेन्च छैनन्, भएका पनि पुराना भएकाले कुन समय टुट्ने हुन् पत्तो छैन, आर्थिक अभावले मर्मत गर्न सकिएको छैन,’ उनले भने, ‘पुराना विद्यालय भवनका झ्याल, ढोका प्लाइउडका भएकाले मक्किएर खस्ने अवस्थामा छन्, शौचालय पुराना र निकै जीर्ण हुँदा प्रयोग गर्न लायक छैनन्।’

खानेपानीको पाइप विद्यालयसम्म ल्याइए पनि निकै कम मात्रै पानी आउने भएकाले विद्यार्थी तथा शिक्षकलाई खानेपानीको पनि समस्या उत्तिकै रहेको छ।

विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमध्ये ९० प्रतिशत जनजाति र दलित समुदायका रहेका छन्। दश प्रतिशत विद्यार्थी मात्रै अन्य समुदायका रहेका छन्।

अभिभावकको आर्थिक अवस्था दयनीय हुँदा विद्यालया भौतिक संरचना निर्माणमा सहयोग गर्नका लागि आर्थिक सहयोग माग्न नसकिएको प्रअ सार्कीको भनाइ रहेको छ। विद्यालयमा कुल विद्यार्थीको सङ्ख्या पाँच सय ५५ रहेको छ। ती मध्ये ६० प्रतिशत छात्रा रहेका छन्। नियमित विद्यालय आउने विद्यार्थीको सङख्या ७० प्रतिशत रहेको छ।

बालबालिकालाई विद्यालय पठाउनुपर्छ भन्ने अभिभावकमा चेतनाको कमी हुँदा ३० प्रतिशत विद्यार्थी नियमित विद्यालय नआउने गरेको प्रअ सार्की बताउँछन्। आर्थिक विपन्नताका कारण धेरै जसो अभिभावकहरू घरायसी गर्जो टार्नका लागि भारततर्फ जाने भएकाले केही बालबालिका वृद्ध बाजे बज्यैसँग बस्ने गरेका छन्।

केही अभिभावकले बिचमै पढाइ छुटाएर बालबालिकालाई आफू सँगै काम गर्नका लागि लैजाने गरेका छन्। बिचमै कक्षा छाड्ने विद्यार्थीको सङ्ख्या २० प्रतिशतको हाराहारीमा रहेको छ। बालबालिकालाई नियमित विद्यालय पठाउनु पर्छ भनेर छलफल, बैठक बोलाए पनि अभिभावक उपस्थित नहुने गरेको गुनासो प्रअ सार्कीले सुनाए। विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीले आर्थिक विपन्नताकै कारण एउटै पोशाक वर्ष भरी लगाउनु पर्ने अवस्था पनि रहेको छ।

विद्यालयका शिक्षकहरू भन्छन्, ‘विद्यालयको अवस्थाबारे नगरपालिका कार्यालय र वडा कार्यालयमा अवगत गराए पनि समस्या अझैसम्म समाधान हुन सकेको छैन, अश्वासन पाइने गरे पनि विद्यालयका भौतिक पूर्वाधार सुधारमा ध्यान दिइएको छैन।’

विद्यालय भवन निर्माणका लागि प्रदेश सरकाले दिने भनिएको रु २० लाख रकम विद्यालयको स्वामित्वको जग्गा नहुँदा नगरपालिका मार्फत वित्तीय हस्तान्तरण गरी उपलब्ध गराउने भएको छ।

भवन बन्ने नबन्ने के हुने हो भन्नेबारे निर्क्यौल हुन नसकेको शिक्षकहरूको भनाइ छ। विद्यालयमा माध्यमिक तहका एक र आधारभूत तह (प्राथमिक तह) का ६ गरी सात जना शिक्षक मात्रै स्थायी रहेका छन्। राहत कोटामा तीन, नगर शिक्षक दुई र संघीय अनुदानबाट तीन जना शिक्षक विद्यालयमा कार्यरत रहेका छन्। विद्यालय विसं २०३९ सालमा स्थापना भएको हो। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्यालय खाजामा लगानी बढाउन माग

  काठमाडौँ । बालबालिकाको सिकाइका निम्ति विद्यालयमा पोषणयुक्त खाजामा लगानी बढाउन सरोकार भएकाहरूले

धौलागिरी बुहुमुखी क्याम्पसमा निःशुल्क शिक्षा दिन एक करोडको कोष स्थापना

  बागलुङ । बागलुङको धौलागिरी बुहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्नलाई निःशुल्क रुपमा पठन–पाठन

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक, चैत ५ मा मतदान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

सामुदायिक विद्यालयको गुणस्तर सुधारमा सघाउने अध्यक्ष प्रचण्डको प्रतिबद्धता

तनहुँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामुदायिक विद्यालयहरुको गुणस्तर