योगमाया विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना



खाँदबारी । सङ्खुवासभाको खाँदबारीमा विदुषी योगमाया हिमालयन विश्वविद्यालयको केन्द्रीय कार्यालय स्थापना गरिएको छ ।

अरुण उपत्यकाभित्रका १९ वटा स्थानीय तहका प्रमुख र प्रतिनिधि भेला भएर सोमबार जिल्ला समन्वय समितिको भवनमा केन्द्रीय कार्यालय स्थापना गरिएको हो ।

विश्वविद्यालयका अध्यक्ष डा अर्जुन कार्कीले कार्यालयको उद्घाटन गर्दै विश्वविद्यालय स्थापनाका लागि भइरहेका प्रयास र हालसम्मको प्रगतिका बारेमा जानकारी गराएका थिए ।

कार्यालय स्थापनासँगै विश्वविद्यालयका काम अघि बढेको र खाँदबारी नगरपालिका–९ को ढुङ्गेबिसौनामा पाँच सय रोपनी जग्गा विश्वविद्यालयका लागि अधिग्रहण गरिसकिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेवा प्रवाहका लागि शिक्षक देशभरका विद्यालयमा जान तयार हुनुपर्छः शिक्षामन्त्री भट्टराई

नुवाकोट ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकलाई देशभर खटाउन सकिने व्यवस्थासहितको

शैक्षिक कन्सल्टेन्सीलाई कानुन विपरीतको कार्य नगर्न मन्त्रालयको चेतावनी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक परामर्श सेवा प्रदायक संस्था (कन्सल्टेन्सी)

सामुदायिक विद्यालयका चारसय विद्यार्थीलाइ पोसाक वितरण

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरिएको छ ।

वैदेशिक अध्ययन गर्न जाँदा ६ महिनामा विद्यार्थीले लगे ५६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा