नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो छः पूर्वराष्ट्रपति भण्डारी



 

धरान  । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रविधिलाई आधार बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता भएको बताएकी छन् ।

शुक्रबार धरानको पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पसका विद्यार्थीहरुले आयोजना गरेको डेल्टा ५.० राष्ट्रिय प्राविधिक महोत्सवको उद्घाटन गर्दै उनले इञ्जिनियरिङ क्षेत्रका विद्यार्थी नवप्रवर्तन र आविष्कारको आधार स्तम्भ भएको बताइन् ।

उनले भनिन्,“मेरो सम्पूर्ण ध्यान देशको शिक्षा, स्वास्थ्य रोजगारी र जलवायु परिवर्तनका असरको न्यूनीकरणमा केन्द्रित गरेको छु । क्याम्पस र विद्यालय ज्ञान उत्पादन गर्ने थलो भएकाले  यसलाई जीवनसँग जोडेर अगाडि बढ्नुपर्ने हुन्छ ।”

धरान इञ्जिनियरिङ क्याम्पसले देशका अन्य क्याम्पसको समेत अगुवा हुनुपर्ने बताउँदै उनले अनुसन्धानबाट प्राप्त ज्ञानलाई सम्बन्धित क्षेत्रमा लागू गरी कार्यान्वयन गर्न सुझाव दिइन् ।

नेपालमा इन्जिनियरिङको इतिहास गर्विलो रहेको बताउँदै पूर्वराष्ट्रपति भण्डारीले भनिन्, “१३औँ शताब्दीमा चीन गएर प्यागोडा शैलीको विस्तार गर्ने अरनिको र मल्लकालमा काठमाडाँैमा ढुङ्गेधारा भूमिगत सिँचाइदेखि लिएर मूर्तिकला, वास्तुकला र शिवको कौशल उतार्ने पुर्वजलाई सम्झँदा गर्व लाग्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका सम्बन्धमा सम्बन्धित मन्त्री

कांग्रेसले भन्यो-आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकार प्रमुखबाटै पहल हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकसँग सरकार प्रमुखकै तहबाट वार्ताको पहल गर्न आग्रह

संसदको विशेष अधिवेशन बोलाएर भएपनि विद्यालय शिक्षा ऐन जारी गर्न माओवादी केन्द्रको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रले आम जनसमुदायलाई शिक्षकहरूको आन्दोलनका पक्षमा उभिन आह्वान गरेको

शैक्षिक सत्र सुरु हुनै लाग्दा पनि गोदाममै पाठ्यपुस्तक

सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लाका विद्यालयमा शैक्षिक सत्र सुरु हुनु अगावै पाठ्यपुस्तक