छिट्टै शिक्षा विधेयक ल्याउने तयारी भइरहेको छः शिक्षामन्त्री भट्टराई



पोखरा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले मुलुकमा गुणस्तरीय शिक्षाको आवश्यकता रहेको बताएकी छन् । शिक्षा क्षेत्रमा राजनीति हाबी हुँदा शिक्षाको गुणस्तरीयता खस्केको उनले बताइन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन गण्डकी प्रदेशको प्रथम प्रदेश परिषद् बैठकको बिहीबार पोखरामा उद्घाटन गर्दै मन्त्री भट्टराईले राजनीतिक दलहरुले सार्वजनिक विद्यालयका शिक्षकलाई प्रयोग गर्दा सार्वजनिक शिक्षामा सुधार आउन नसकेको गुनासो गरिन् । उनले छिट्टै शिक्षा विधेयक ऐन ल्याउने तयारी भइरहेको बताइन् ।

शिक्षा विधेयक ल्याउन सार्वजनिक विद्यालयका शिक्षकको सहयोगको खाँचो रहेको उल्लेख गर्दै मन्त्री भट्टराईले यसबारे सरोकारवालासँग छलफल भइरहेको जानकारी दिइन् । “शिक्षा विधेयक सकेसम्म यही हिउँदे अधिवेशनमा पेश गर्ने तयारीमा छौ”, उनले भनिन् । सार्वजनिक विद्यालयको भौतिक संरचना विस्तार गरिए पनि विद्यार्थी सङ्ख्या घट्दै जाँदा समस्या भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको

हिमपातले ढोरपाटन क्षेत्रका विद्यालयका विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

ढोरपाटन । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी

तत्काल उपकुलपति सिफारिस गर्न माग गर्दै केयु प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा