विद्यार्थी संगठनहरूले क्याम्पसहरुमा तालाबन्दी गरेको प्रति मन्त्रालयको ध्यानाकर्षण



काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी संगठनहरूलाई विश्वविद्यालयहरूमा बन्द हड्ताल नगर्न निर्देशन दिएको छ ।

आइतबार मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति जारी विश्वविद्यालयअन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हड्ताल लगायतका गतिविधि कायमै रहेको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न पेशागत तथा विद्यार्थी सङ्गठनका नामबाट विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पस तथा शैक्षिक सेवा प्रवाह गर्ने संस्थाहरूमा तालाबन्दी, हड्ताल लगायतका गतिविधि कायमै रहेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

मन्त्रालयले शान्तिपूर्ण वातावरणमा ज्ञान आर्जन गर्न र सिक्न पाउने अधिकारको हनन हुने गरी शैक्षिक संस्थाभित्र अवरोध नगर्न पनि आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिसो बढेपछि नेपालगञ्जका विद्यालयमा तीन दिन बिदा

खजुरा । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन दिन बिदा दिइएको

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा पण्डित नियुक्त

धनुषा । वरिष्ठ स्त्रीरोग विशेषज्ञ प्राध्यापक डा रामनरेश पण्डितलाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको

तिलगङ्गा आँखा अस्पताललाई विश्वविद्यालयमा रूपान्तरण संस्था हस्तान्तरणको विषय होइनः महान्यायाधिवक्ता बडाल

काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१’ का सम्बन्धमा निष्कर्षमा

आर्थिक मन्दी र सरकारको असहयोगका कारण पर्वतका दुई क्याम्पस ‘मर्ज’

पर्वत । सदरमुकाम कुश्माबजारमा सञ्चालित दुईवटा क्याम्पस एकआपसमा गाभिएका छन् । आर्थिक मन्दी,