छात्राहरुका लागि बचत खाता खोल्दै आँबुखैरेनी गाउँपालिका



तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने भएको छ । गत मङ्सिरदेखि गाउँपालिकाले छात्रा बचत खाता कार्यक्रम सुरु गरेको हो ।

गत मङ्सिर २६ गते कुमारी बैंकसँग सम्झौता गरी गाउँपालिकाका विभिन्न वडाका विद्यालयमा पुगेर छात्राहरुका लागि खाता खोलिने गाउँपालिकाका प्रशासकीय अधिकृत शर्मिला अधिकारीले जानकारी दिए ।

उनका अनुसार आँबुखैरेनी गाउँपालिका–५ लाब्दीस्थित अरुणोदय प्राथमिक विद्यालयमा माघ ३ गते, सोही वडाको खेउसिङस्थित कामधेनु प्राविमा माघ ४ गते, सोही वडाको सानोभञ्ज्याङस्थित इन्द्रदेव आधारभूत विद्यालयमा माघ ४ गते, आँबुखैरेनी गाउँपालिका–६ प्यूघरफाँटस्थित लक्ष्मी माविमा माघ ४ गते विद्यार्थीको खाता खोलिनेछ ।

खाता खोल्नका लागि विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, विद्यार्थीको अभिभावकको नागरिकताको प्रतिलिपि, अभिभावकको पासपोर्ट साइजको फोटो आवश्यक पर्ने जनाइएको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार पहिलो पटक छात्रा बचत कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । पालिकाले कक्षा १० सम्म अध्ययनरत छात्राहरुलाई रु एक हजार बचत मौज्दातसहित निःशुल्क बाल बचत खाता खोलिदिने कार्यक्रम छ ।

उनले भने, “कक्षा १ देखि १० सम्मका छात्राहरुको बाल बचत खाता खोलेर एक हजार जम्मा गरिदिन्छौँ । सानैदेखि बचत गर्नुपर्छ भन्ने भावना विकास गर्न यो कार्यक्रम ल्याइएको हो ।”

छात्राको नाममा खोलिएको सो खातामा कुमारी बैंकले २० बजार बराबरको स्वास्थ्य बिमाको सुविधा दिने जनाएको छ । चुमानले भने, “यो कार्यक्रमले बचत गर्ने बानीको विकास गर्ने, विद्यार्थीको शिक्षा तथा स्वास्थ्यमा पहुँच सुनिश्चित गर्ने, विद्यार्थीको रुचि तथा क्षमता अनुसारको उच्च शिक्षाको पहुँचमा सहयोग पुग्नेछ ।”

यसअघि नै गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा रुपान्तरणलाई अभियानकै रुपमा अगाडि बढाएको हो । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको शिक्षक नियुक्ती, सिकाइ गुणस्तर अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष चुमानको भनाइ छ ।

आँबुखैरेनी गाउँपालिकाका छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्ववियु निर्वाचनको प्रक्रिया सुरु

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन

लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालयले अमेरिकाको क्यालिफोर्नियामा अध्ययन केन्द्र स्थापना गर्ने घोषणा गरेको

हिमपातले ढोरपाटन क्षेत्रका विद्यालयका विद्यार्थी बिरामी हुँदा पठनपाठन प्रभावित

ढोरपाटन । बिहीबारदेखि परेको हिमपातका कारण चिसो बढ्दा ढोरपाटन उपत्यका क्षेत्रका विद्यार्थी बिरामी

तत्काल उपकुलपति सिफारिस गर्न माग गर्दै केयु प्राध्यापक संघद्वारा आन्दोलन घोषणा

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपति सिफारिसका लागि दबाब दिन प्राध्यापक संघले आन्दोलनको घोषणा